नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग, ८ पास गरेकाले आवेदन भर्न पाउने | Khabarhub Khabarhub

नेपाल प्रहरीमा ३८ सय कर्मचारी माग, ८ पास गरेकाले आवेदन भर्न पाउने


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रहरीले प्रहरी जवान (जनपद) तथा कार्यालय सहयोगीअन्तर्गत भान्छे, हजाम, कुचिकार र खेलाडी पदका लागि कर्मचारी माग गरेको हो ।

प्रहरी जवानका लागि ३ हजार ५ सय ९६ जनाबाट दरखास्त आह्वान गरिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत भान्छेतर्फ १ सय ८०, हजामतर्फ १०, कुचिकारतर्फ २० र खेलाडीतर्फ २५ जना कर्मचारी माग गरिएको छ ।

प्रहरी जवान पदमा दरखास्त दिने व्यक्तिको शैक्षिक योग्यता ८ पास तोकिएको छ । यस्तै, कार्यालय सहयोगीअन्तर्गत जुनसुकै पदमा काम गर्न सामान्य लेखपढ गर्न जान्ने र सम्बन्धित क्षेत्रमा दक्षता भएको हुनुपर्ने छ ।

प्रहरीले कार्यालयसहयोगीअन्तर्गत खेलाडीतर्फको पदमा फुटबल (महिला/पुरुष) भलिबल (महिला/पुरुष), टेबुलटेनिस, कराँते, तेक्वान्दो, जुडो, पुरुष क्रिकेट र भारोत्तलोन बिधातर्फका खेलाडीले मात्रै आवेदन दिनसक्ने जनाइएको छ ।

प्रहरीले आह्वान गरेको दरखास्तमा भदौ ९ गतेदेखि असोज १३ गतेसम्म आवेदन दिन सकिने प्रहरीको भर्ना छनौट महाशाखाले जनाएको छ ।

थप जानकारीका लागि तलको विज्ञापन हेर्नुहोस्;

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : १३ बजे

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका

बारामा शतप्रतिशत धान रोपाइँ सम्पन्न

कलैया– जिल्लामा चालु आर्थिक यस वर्षमा शतप्रतिशत वर्षे रोपाइँ भएको

शेयर बजारमा उछाल, आधा सेन्चुरीले बढ्यो नेप्से 

काठमाडौं– बुधबार शेयर बजारमा उछाल आएको छ । बुधबार नेपाल

मङ्सिरमा बाघ र गैँडा गणना गरिने 

चितवन– गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने