चितवन पुगेका पुष्पल र साम्राज्ञीले भने– रवि लामिछाने जनताका राजा हुन् ! « Khabarhub

चितवन पुगेका पुष्पल र साम्राज्ञीले भने– रवि लामिछाने जनताका राजा हुन् !


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन– नायक पुष्पल खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले सञ्चारकर्मी रवि लामिछाने जेल पर्दा दुः ख लागेको बताएका छन् ।

चितवन पुगेका नायिका शाहले सत्यले न्याय पाउनु पर्ने भन्दै रवि सत्यको पक्षमा रहेकोले बताइन् । राम्रो र नराम्रो छुट्याउन सक्नुपर्ने भन्दै उनले राम्रो कुराले न्याय पाउनुपर्ने बताइन् ।

त्यस्तै नायक पुष्पल खड्काले रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा भएको बताए । ‘ रवि लामिछाने, धुर्मुस सन्तली जनताको राजा हुन्’ खड्काले भने, ‘उहाँहरुले सरकार र राजनीतिज्ञले गर्न नसकेको धेरै काम गर्नुभएको छ ।’

नायक खड्काले रविले गलत गरेकोमा आफूलाई विश्वास नलागेको बताए । ‘उहाँले त्यस्तो गर्नु भएको छैन जस्तो लाग्छ,’ उनले भने,‘अन्यायले न्याय पाउनु हुँदैन ।’

साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूलाई रविलाई भेट्न जान मन भएको बताइन् । ‘उहाँलाई भेट्न जान मन छ तर मैले सुनेको उहाँको आफन्त र नजिकको मानिसलाई मात्र दिन्छ रे’ शाहले भनिन्,‘भेट्न जान प्रयास गर्छौं, भेटेर उहाँलाई सपोर्ट गर्छौ ।सपोर्ट गरियो भने उहाँलाई उर्जा मिल्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ११ : २२ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि