रविका दाइले भने–प्रहरी रिपोर्टमा रविको संलग्नता देखिएन, भोलि फूलमाला लगाएर भाइ छुट्छ « Khabarhub

रविका दाइले भने–प्रहरी रिपोर्टमा रविको संलग्नता देखिएन, भोलि फूलमाला लगाएर भाइ छुट्छ


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका दाइ हरिशरण लामिछानेले शालिकराम प्रकरणमा आफ्नो भाइ निर्दोष सावित हुने विश्वास व्यक्त गरेका छन् । हरिशरण पत्रकार हुन् ।

पत्रकार ऋषि धमलासँगको एक अन्तर्वार्ताका क्रममा रविका दाइ हरिशरणले प्रहरीले लिएको वयानको प्रारम्भिक रिपोर्टहरुका आधारमा उक्त प्रकरणमा रविको कुनै संलग्नता नदेखिएको दबी गरेका हुन् ।

तर कानूनको हवाला दिएर जसले नि दुख दिन सक्ने र कानूनको अपव्याख्या हुन सक्ने भन्दै सचेत हुनुपर्ने बताए ।

‘कानूनको हवाला दिएर दुःख दिन जसले नि सक्छ ।त्यसको अपव्याख्या गर्न सक्छ । देशमा न्याय मरेको छैन ’ हरिशरणले भने ‘म पूर्ण रुपमा विश्वस्त छु मेरो भाइ रवि भोलि फूलमाला लगाएर निस्कन्छ । ’

उनको यस्तो जवाफ सुनेपछि पत्रकार ऋषि धमलाले प्रश्न गरे

त्यसो भए किन आन्दोलन, जुलुस गरेको त ? किन अदालतलाई दवाव दिन खोजेको त ?

हरिशरणले भने– हामीले दवाव दिएका छैनौं । विश्वसनिय वातावरण किन बनेको छैन ? भनेर प्रश्न गरेका हौं । जुलुस स्वतस्फूर्त छ ।

ऋषि– तपाई कानूनी राजको पक्षमा हुनुहुन्छ ? म्याद थप गरिसकेपछि त रविले भन्न सक्नुपर्थ्यो नि, म जनताको होइन न्यायालयको कठघरामा म आफू उभिएर निर्दोस सावित हुन्छु, भन्नु पर्दैन ?

हरिशरण– उसले पहिला नै के भन्यो भने यो धरपकड नै गर्नुपर्दैन, म अनुसन्धानमा सहयोग गर्छु । त्यति भनेपछि किन यो धरपकड ?

ऋषि– भीडतन्त्रले होइन विधिले शासन चल्नुपर्ने होइन ?
हरिशरण– हो विधीले हो शासन चल्ने तर भीडले सचेत गराउन सक्छ । यो सबै कुरा रविलाई फसाउन खोजेको हो भनेर मानिसहरुले भनिरहेका छन् ।

दुई चार महिना अघि काम छोडेको , मानसिक समस्या भएको समस्या, रविमात्र होइन त्यहाँ अरुपनि छन् । उसलाई चितवन कसले पठायो ? प्रश्न त उठेको छ नि

ऋषि– शालिकरामलाई दवाव थियो रे नि त?

हरिशण– रदवाव त संसारमा सबै मानिसलाई छ नि । आरोप लगाएर हुन्छ त । अनुसन्धान कता केन्द्रीत छ भन्ने आशंका गर्न सक्छौं नि !

ऋषि– तपाईहरुको आन्दोलनमा लोकतन्त्रको विरोध, प्रधानमन्त्रीको राजीनामा माग भएको छ…

हरिशण–हामीले होइन आम जनातले भनिरहेका छन् । हामीले निष्पक्ष रुपमा छानवीन हुनुपर्छ भनेका छौं । मानिसको जुन आक्रोश आएको छ त्यसलाई राज्यले गम्भीर रुपमा लिनुपर्छ । हामीले आन्दोलन गर भनेको जुलुस आउँ भनेका छैनौं । तर जनता स्वतस्फूर्त रुपमा आएका छन् ।

ऋषि– यसलाई तपाईहरुले राजनीतिकरण गर्न खोज्नु भयो होइन ?

हरिशण– त्यो त देखियो । निडर भएर वकालत गर्ने व्यक्ति रवि हो । त्यसले गर्दा गारो परेको छ ।

ऋषि– रविले लेनदेन गरेको कुरा आएको छ…..

हरिशरण– त्यो त प्रमाणित हुनुपर्छ नि ! आरोपहरु प्रमाणित हुनुपर्छ । यदी कसैले अन्याय गरेको र सौदावाजी गरेको छ भने त्यसको पर्दाफास हुनुपर्छ ।

ऋषि– किशोर श्रेष्ठले भन्नु भएको छ लेनदेनबारे

हरिशरण– किशोर श्रेष्ठ र रविको बीचमा व्यक्तिगत रुपमा लामो जुहारी जस्तो देखियो हिजोको अन्तर्वार्तामा । दुबै जना त्यो सन्दर्भमा गलत हुनसक्छन् । एकले अर्कोलाई खानतलासी गरिरहेका छन् त्यो अर्कै पाटो हो । शालिकरामको मृत्युमा दुरुत्साहनमा रविको संलग्नता छ कि छैन भन्ने महत्वपूर्ण हो ।

यो पनि पढ्नुहोस्

भीडलाई हेरेर रविले म ‘बादसाह’ हुँ भन्ने नसोचे हुन्छ– किशोर श्रेष्ठ

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : २० बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर