कम्युनिस्टहरु राजा महाराजाजस्ता बने जनताले लखेट्छन्– प्रचण्ड | Khabarhub Khabarhub

कम्युनिस्टहरु राजा महाराजाजस्ता बने जनताले लखेट्छन्– प्रचण्ड


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट नेताहरुको जीवनशैलीमा आएको परिवर्तनका कम्युनिस्ट आन्दोलन असफल हुँदै गएको बताएका छन् ।

सत्तामा पुगेपछि संघर्ष विर्सिने प्रवृतिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको पनि प्रचण्डको भनाइ छ ।

सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रोग्रेसिभ इन्जिनियरङ्ग एसोसिएसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्ने पनि चेतावनी दिएका छन् ।

‘जनताको लागि संघर्ष गरेका कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि राजमहाराजा बनेपछि जनताले लखेटेको उदाहरण विश्वमा देख्न पाइन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो यहाँ पनि कता कता त्यस्तै लक्षण देखिँदै गएको छ ।’

कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि बुर्जुवाकरण हुँदै जाने गरेको पनि प्रचण्डले चिन्ता व्यक्त गरे । ‘कम्युनिस्टहरुमा विश्वव्यापीरुपमा देखा परेको समस्या के छ भने सत्तामा नपुगेसम्म समाजको निम्ति, जनताको निम्ति, दर्शनको निम्ति माक्र्सवादको निम्ति, अध्ययन, चिन्तन, मननको निम्ति धेरै दुःख गर्ने, त्याग, तपस्या गर्ने, त्यहाँसम्म कम्युनिस्टहरुको ठीक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा पुगेपछि त्यो कुरा विस्तारै विर्सिदै जान्छन् । समाजको, जनताको, राष्ट्रको आवश्यकता के हो, त्यसका निम्ति हामीले गर्नुपर्ने मेहनत के हो, हामीले गर्नुपर्ने निर्णय के हो भन्ने शैलीमा विस्तारै विस्तारै बुर्जुवाकरण हुँदै जान्छ ।’

पार्टीमा अनुशासनको स्तर गिर्‍यो

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा अनुशासनको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे ।

‘हामी हिजो निकै अनुशासित थियौं, जसका कारण मात्रै हामी यहाँ आइपुगेका हौं,’ प्रचण्डले भने, ‘आजभोलि अनुशासनको स्तर गिरेर जलाई जे मन लाग्यो बोल्ने, संगठनको हितलाई बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ ।’

हिजोका दिनमा सामूहिक रुपमा गरिएको निर्णय हरेक व्यक्तिले मान्नुपर्ने स्थिति रहेपनि अहिले त्यसको ठीक उल्टो भएको पनि प्रचण्डको दुखेसो थियो ।

‘हामीले हिजौ भन्दै आएको सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजभोलि त्यो उल्टिएको छ, व्यक्तिगत निर्णय जिम्मेवारी समूहले लिनु पर्‍यो,’ प्रचण्डले भने ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ५३ बजे

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई