कम्युनिस्टहरु राजा महाराजाजस्ता बने जनताले लखेट्छन्– प्रचण्ड « Khabarhub

कम्युनिस्टहरु राजा महाराजाजस्ता बने जनताले लखेट्छन्– प्रचण्ड


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट नेताहरुको जीवनशैलीमा आएको परिवर्तनका कम्युनिस्ट आन्दोलन असफल हुँदै गएको बताएका छन् ।

सत्तामा पुगेपछि संघर्ष विर्सिने प्रवृतिका कारण कम्युनिस्ट आन्दोलन नै धरापमा परेको पनि प्रचण्डको भनाइ छ ।

सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रोग्रेसिभ इन्जिनियरङ्ग एसोसिएसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट नेताहरु राजा महाराजा बने जनताले लेखट्ने पनि चेतावनी दिएका छन् ।

‘जनताको लागि संघर्ष गरेका कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि राजमहाराजा बनेपछि जनताले लखेटेको उदाहरण विश्वमा देख्न पाइन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हाम्रो यहाँ पनि कता कता त्यस्तै लक्षण देखिँदै गएको छ ।’

कम्युनिस्ट नेताहरु सत्तामा पुगेपछि बुर्जुवाकरण हुँदै जाने गरेको पनि प्रचण्डले चिन्ता व्यक्त गरे । ‘कम्युनिस्टहरुमा विश्वव्यापीरुपमा देखा परेको समस्या के छ भने सत्तामा नपुगेसम्म समाजको निम्ति, जनताको निम्ति, दर्शनको निम्ति माक्र्सवादको निम्ति, अध्ययन, चिन्तन, मननको निम्ति धेरै दुःख गर्ने, त्याग, तपस्या गर्ने, त्यहाँसम्म कम्युनिस्टहरुको ठीक छ,’ अध्यक्ष प्रचण्डले भने, ‘सत्तामा पुगेपछि त्यो कुरा विस्तारै विर्सिदै जान्छन् । समाजको, जनताको, राष्ट्रको आवश्यकता के हो, त्यसका निम्ति हामीले गर्नुपर्ने मेहनत के हो, हामीले गर्नुपर्ने निर्णय के हो भन्ने शैलीमा विस्तारै विस्तारै बुर्जुवाकरण हुँदै जान्छ ।’

पार्टीमा अनुशासनको स्तर गिर्‍यो

अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टीमा अनुशासनको स्तर गिरेको भन्दै चिन्ता व्यक्त गरे ।

‘हामी हिजो निकै अनुशासित थियौं, जसका कारण मात्रै हामी यहाँ आइपुगेका हौं,’ प्रचण्डले भने, ‘आजभोलि अनुशासनको स्तर गिरेर जलाई जे मन लाग्यो बोल्ने, संगठनको हितलाई बेवास्ता गर्ने अवस्था सिर्जना भएको छ ।’

हिजोका दिनमा सामूहिक रुपमा गरिएको निर्णय हरेक व्यक्तिले मान्नुपर्ने स्थिति रहेपनि अहिले त्यसको ठीक उल्टो भएको पनि प्रचण्डको दुखेसो थियो ।

‘हामीले हिजौ भन्दै आएको सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी हुन्थ्यो । आजभोलि त्यो उल्टिएको छ, व्यक्तिगत निर्णय जिम्मेवारी समूहले लिनु पर्‍यो,’ प्रचण्डले भने ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १२ : ५३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन