‘रामायण’मा राम बन्लान् ऋतिक? के भन्छन् निर्देशक? « Khabarhub

‘रामायण’मा राम बन्लान् ऋतिक? के भन्छन् निर्देशक?


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पौराणिक ग्रन्थ ‘रामायण’ मा आधारित रहेर बलिउडमा फिल्म बन्ने भएको छ । यो फिल्मलाई नितेश तिवारीले निर्देशन गर्दैछन् ।

भारतीय मिडियाका अनुसार ‘रामायण’ थ्रीडीमा पनि शूट हुनेछ । यो फिल्मको घोषणापछि नयाँ कलाकार को को होलान् भन्नेमा धेरैको चासो छ । पछिल्लो समय आएको खबरका अनुसार फिल्ममा राम र सीताको भूमिकाका लागि ऋतिक रोशन र दीपिका पादुकोणले अभिनय गर्नेछन् ।

तर फिल्मका निर्देशक नितेशले भने अझै कलाकार कसलाई लिने निर्णय नभएको बताएका छन् । उनले फिल्मको ड्राफ्टमै काम भइरहेको खुलाए । एक अन्तर्वार्ताका क्रममा निर्देशक नितेशले भने, ‘अहिले त हामी ड्राफ्टमै काम गरिरहेका छौँ, यो पूरा नहुञ्जेलसम्म कसैसँग कुरा गर्दैनौँ ।’

भारतीय मिडियाका अनुसार यो फिल्म बलिउडको सबैभन्दा महंगो फिल्ममध्ये एक हुनेछ । फिल्ममा नितेशका साथ रवि उडयावरले पनि निर्देशन गर्नेछन् ।

नितेशले पनि यो फिल्ममा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् । ४ भाषामा रिलिज हुने यो फिल्म झण्डै ५ सय करोड लगानीमा निर्माण हुने बताइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १ : ५० बजे

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज