प्रदेश दुईका नेकपा अध्यक्ष प्रभु साहको राजीनामा स्वीकृत नहुने | Khabarhub Khabarhub

प्रदेश दुईका नेकपा अध्यक्ष प्रभु साहको राजीनामा स्वीकृत नहुने


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएका प्रभु साहको राजीनामा स्वीकृत नहुने भएको छ ।

गत मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईको अध्यक्ष पदबाट शाहले राजीनामा दिएका थिए ।  साहले राजीनामा दिएको भएपनि उनको राजीनामा भने स्वीकृत भएको छैन ।

‘उहाँको राजीनामा आएको छ, तर स्वीकृत भएको छैन’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘उहाँले उठाउनु भएका कतिपय कुरामा पार्टी गम्भीर छ, उहाँसँग यसविषयमा कुराकानी गर्ने र सम्झाइबुझाइ गर्ने पार्टीको तयारी छ ।’

पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले गत मंगलबार राजीनामा दिएका थिए ।

प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले राजीनामा बुझाएका थिए ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट बनेका थिए ।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अपठयारो पार्न खोजिएको बुझाइ साहको छ ।

प्रदेश सदस्यहरुको चयन गरिदाँ आफूसँग सल्लाह नगरिएको भन्दै उनी रुष्ट बनेका थिए । जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षण समेत बिना कारण नेतृत्व तहबाट रोकिएको उनी असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ४ : १९ बजे

दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

नवलपरासी– पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा

हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयद्वारा तीन बुँदे निर्देशन

काठमाडौं– गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले

एकीकृत समाजवादी दलको बैठक, विकसित परिस्थितिबारे अध्यक्ष नेपालको ब्रिफिङ

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलको बैठक अहिले संसद्

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा 

काठमाडौं–  एभरेष्ट बैंकले वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर