प्रदेश दुईका नेकपा अध्यक्ष प्रभु साहको राजीनामा स्वीकृत नहुने « Khabarhub

प्रदेश दुईका नेकपा अध्यक्ष प्रभु साहको राजीनामा स्वीकृत नहुने


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश अध्यक्षको पदबाट राजीनामा दिएका प्रभु साहको राजीनामा स्वीकृत नहुने भएको छ ।

गत मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नम्बर दुईको अध्यक्ष पदबाट शाहले राजीनामा दिएका थिए ।  साहले राजीनामा दिएको भएपनि उनको राजीनामा भने स्वीकृत भएको छैन ।

‘उहाँको राजीनामा आएको छ, तर स्वीकृत भएको छैन’ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,‘उहाँले उठाउनु भएका कतिपय कुरामा पार्टी गम्भीर छ, उहाँसँग यसविषयमा कुराकानी गर्ने र सम्झाइबुझाइ गर्ने पार्टीको तयारी छ ।’

पार्टीको माथिल्लो निकायको निरन्तर गलत निर्णय र निर्देशनका कारणले काम गर्ने वातावरण नभएको भन्दै साहले गत मंगलबार राजीनामा दिएका थिए ।

प्रदेश अध्यक्षको रुपमा आफूले अगाडि बढाएका हरेक कार्यमा पार्टीको नेतृत्व तहबाट नै असहयोग तथा चौतर्फी घेराबन्दीमा परेको भन्दै उनले राजीनामा बुझाएका थिए ।

स्थायी कमिटीका प्रबल दावेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट बनेका थिए ।

प्रदेश कमिटी सदस्यहरुको चयनदेखि पछिल्लो समय जिल्ला कमिटीको पदाधिकारी चयन गर्दा प्रदेश कमिटीलाई अपठयारो पार्न खोजिएको बुझाइ साहको छ ।

प्रदेश सदस्यहरुको चयन गरिदाँ आफूसँग सल्लाह नगरिएको भन्दै उनी रुष्ट बनेका थिए । जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रम एवं जनप्रतिनिधिहरूको प्रशिक्षण समेत बिना कारण नेतृत्व तहबाट रोकिएको उनी असन्तुष्ट बनेका थिए ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ४ : १९ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको