डेंगु रोग अझै नियन्त्रणमा आएन, साउनमा मात्रै एक हजार बिरामी « Khabarhub

डेंगु रोग अझै नियन्त्रणमा आएन, साउनमा मात्रै एक हजार बिरामी


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही महिना अघि सुनसरीमा देखिएको डेंगु अहिले मकवानपुर र काठमाडौंमा समेत देखिएको छ ।

विभिन्न जिल्लाहरुमा अहिले डेंगुको संक्रमण फैलिदै गएको छ । सरकारले डेंगु सार्ने लामखुट्टे नष्ट गर्न लामखुट्टेको खोजी तथा नष्ट गर्ने अभियानहरु सञ्चालन गर्दै आएपनि डेंगु नियन्त्रणमा भने आउन सकेको छैन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकको अनुसार साउन देखि हालसम्म मात्रै १ हजार २ सय ९ जनामा डेंगु भेटिएको छ ।

महाशाखाको तथ्यांकको अनसार डेंगुबाट प्रदेश १ र ३ का मानिसहरु बढी प्रभावित छन् ।

महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा प्रदेश नम्बर एकमा मात्रै साउन देखि हालसम्म ४ सय ६४ जनामा डेंगु भेटिएको पाइएको छ ।

यस्तै प्रदेश ३ मा पनि साउन देखि भदौं ६ गतेसम्ममा ४ सय ६४ जनामा डेंगु भेटिएको छ । साउन १ गतेदेखि भदौ ६ गतेसम्ममा गण्डकी प्रदेशमा २ सय ३३ जनामा डेंगु भएको महाशाखाको तथ्यांक छ ।

यस्तै एक महिनाको अवधिमा प्रदेश ५ मा ३१, प्रदेश २ मा ११ र सुदूरपश्चिम प्रदेशमा समेत ६ जनामा डेंगु रोग लागेको पाइएको छ ।

साउनदेखि यता मकवानपुरमा बढी बिरामी

महाशाखाले सार्वजनिक गरेको तथ्यांकमा साउन देखि भदौं ६ गतेसम्ममा सबैभन्दा बढी बिरामी प्रदेश ३ को मकवानपुरमा भेटिएको छ । मकवानपुरमा मात्रै एक महिनाको अवधिमा २ सय ८७ जनामा डेंगु भेटिएको हो । यस्तै प्रदेश १ को सुनसरीमा २ सय ४१ जनामा डेंगु भएको छ ।

यता गण्डकी प्रदेशको कास्कीमा पनि एक महिनामा २ सय १५ जना बिरामी भएका छन् । यस्तै काठमडौंमा समेत केही दिन अघिदेखि डेंगु रोग देखिन थालेको छ । काठमाडौंमा हालसम्म १९ जनामा डेंगु रोग भेटिएको महाशाखाको तथ्यांक छ ।

अघिल्ला वर्षहरुमा वर्षा पछि मात्रै डेंगु देखिने गरेपनि हाल वर्षा अघि नै डेंगु रोग देखिएर लामो समय सम्म नियन्त्रणमा आउन नसकेको चिकित्सकहरु बताउछन् ।

पछिल्लो समय मकवानपुर र काठमाडौंमै पनि डेंगुका बिरामीहरु बढ्न थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोला बताउँछन् । ‘पहिला पहिला वर्षा सकिएपछि डेंगुका बिरामीहरु आउने गरेका थिए, तर अहिले त सुनसरीमा वर्षा शुरु हुन अघिदेखि नै डेंगुको प्रकोप देखियो, अझैसम्म नियन्त्रणमा आइसकेको छैन,’ डा बास्तोलाले भने, ‘अहिले त मकवानपुर र काठमाडौंमै पनि डेंगुका बिरामी बढेका छन् । एउटै परिवारका ६ जनासम्म बिरामी परेर अस्पताल आएका छन् ।’

किन आएन डेंगु नियन्त्रणमा ?

डेंगु नियन्त्रणका लागि स्थानिय तह र समुदाय सचेत हुनुपर्ने डा बास्तोला बताउँछन् । सरकारले डेंगु नियन्त्रणका लागि कम गरीरहेको छ तरपनि यो रोग नियन्त्रणमा आउन सकेको छैन,’ डा बास्तोलाले भने, ‘डेंगु नियन्त्रणका लागि समुदाय र प्रत्यक परिवार सचेत हुनुपर्छ ।’

डेंगु भएका कस्ता बिरामीलाई भर्ना गर्नुपर्छ ?

डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो । यो रोग मानिसबाट मानिसमा सर्दैन तर डेंगुको संक्रमण भएको व्यक्तिलाई टोकेको लामखुट्टेले स्वास्थ व्यक्तिलाई टोक्दा भने यो रोग सर्छ ।

यदि डेंगुको संक्रमण भएको लामखुट्टेको टोकाइबाट डेंगु भएको छ भने, त्यस्तो बिरामीमा एक्कासी उच्च ज्वरो आउनु, एकसतासम्म ज्वरो निको नहुने,टाउको दुख्ने, शरीरमा बिमिरा आउने, जोर्नी तथा मांसपेशीहरु दुख्ने,आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने लगायतको समस्याहरु देखिन थाल्छ ।

डेंगुको उपचारका लागि स्वास्थ्यसंस्थामा गई चिकित्सकको परामर्शमा औषधि उपचार गर्नुपर्छ । तर सबै डेंगुका बिरामीलाई अस्पताल नै भर्ना भने गर्न नपर्ने डा बास्तोला बताउँछन् । उनका अनुसार समयमा औषधि उपचार शुरु गरेका ९० प्रतिशत डेंगुका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दैन ।

‘बिरामीले झोल खानेकुरा प्रशस्त खाएर, ज्वरो आएमा प्यारासिटामोट खादा डेंगुका बिरामी अस्पताल नै भर्ना हुनुपर्दैन,’ डा बास्तोला भन्छन्, ‘ज्वरो एकसाता भन्द ा बढी आउने, श्वास फेर्न गाह्रो हुने, वान्ता भइरहने, पेट दुख्ने, आँखा तथा गिजाँबाट रगत बग्ने लगायतको समस्या देखिएमा बिरामी भर्ना भएरै उपचार गराउनुपर्छ ।’

डा बास्तोलाका अनुसार डेंगु सार्ने लामखुट्ट्ले बिहान र बेलुकाको समयमा टोक्ने गर्छ । त्यसैले बिहान बेलुकाको समयमा लामखुट्टेको टोकाइबाट बच्न समयमै सचेत हुनुपर्छ ।

लामुखट्टेको टोकाइबाट बच्न यस्तो गर्नुस्

– घरबाहिर निश्किदा लामो बाहुला भएको शरीर ढाक्ने कपडा लगाउने,

–घरभित्र लामखुट्टे पस्न नदिन झ्याल तथा ढोकाहरुमा जाली लगाउने,

–दिउँसोको समयमा सुत्दा पनि झुलको प्रयोग गर्ने,

–घर वरपर रहेको पानी जम्ने ठाउँ सफा गरी खाल्डोहरु पुर्ने ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : १६ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ