रवि लामिछानेलाई भेटेर महानिरीक्षक खनालले भने, ‘असुरक्षित महशुस नगर्नुस्’ « Khabarhub

रवि लामिछानेलाई भेटेर महानिरीक्षक खनालले भने, ‘असुरक्षित महशुस नगर्नुस्’


६ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन्।

महानिरीक्षक खनालले शुक्रबार दिउँसो चितवन प्रहरीको हिरासतमा रहेका रवि र युवराजलाई भेटेका हुन्। प्रहरी अधिकारीका अनुसार चितवन हुँदै पश्चिमी क्षेत्रका प्रहरी कार्यालयको भ्रमणमा निस्केका उनले हिरासतमा रहेका दुवैलाई भेटेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन्।

भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै खनालले असुरक्षित भएको महशुस भएमा आफूलाई खबर गर्न लामिछानेलाई आग्रह गरेका नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए।

चितवन प्रहरीको निरीक्षण भ्रमणका क्रममा खनालले हिरासत कक्षको निरीक्षण गरेका थिए। त्यही क्रममा उनले रवि र युवराजलाई भेटेका हुन्।

कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता लामिछाने र पत्रकार कँडेल शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा छन्। पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

आजै महानिरीक्षक खनालले नवलपरासी प्रहरीको पनि निरीक्षण गरेको नेपाल प्रहरीका सह(प्रवक्ता उमेशराज जोशीले बताए।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  ७ : ३७ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर