फेसबुक र ट्वीटर नेपालमा दर्ता हुन आएनन् भने, ‘के सरकारले बन्द गरिदिन्छ?’ « Khabarhub

फेसबुक र ट्वीटर नेपालमा दर्ता हुन आएनन् भने, ‘के सरकारले बन्द गरिदिन्छ?’


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको नियमन र व्यवस्थापन गर्न भन्दै सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक ल्यायो । विधेयकमा सामाजिक सञ्जाल र त्यसमा हुने सामग्रीलाई नियन्त्रण गर्न सकिने प्रशस्त प्रावधान पनि छन् । सामाजिक सञ्जालबाट विज्ञापनका नाममा बर्षेनी अर्बौ रकम बाहिर गइरहेको र यसलाई नेपालमै दर्ता गराइ राजस्व संकलनको आधार बढाउन सकिने तर्क पनि धेरैको छ ।

तर, सामाजिक सञ्जालमा अंकुश लगाउने गरी सरकारले यो विधेयक ल्याएको आरोप लगाउने पनि छन् । हिजो (शुक्रबार) प्रतिनिधिसभाबाट पारित भएको यो विधेयकका विषयमाथि भएको छलफलमा बोल्दै कांग्रेस सांसद गगन थापाले यो प्रावधानको नियतमाथि शंका गरे ।

‘सरकारले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने व्यवस्था विधेयकमा राखेको छ, तर दर्ता हुन आएनन भने, के हुन्छ?’ थापाले प्रश्न गर्दै भने, ‘दर्ता हुन आएन भने बन्द गर्ने सरकारको चाहना हो?’ यस्तो प्रावधान सरकारले सामाजिक सञ्जाल बन्द गराउने नियमतले राखेको आरोपसहितको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

जग्गा सरकारको, लालपुर्जा हयात होटलको शीर्षकको अर्को समाचारमा तारागाउँ विकास समितिको गलत निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटको नाममा दर्ता भएको भेटिएको छ । २०४९ सालमा सरकारले भोगाधिकारका लागि स्वीकृत दिएको जग्गा समितिले राजीनामा पास गरी दिने निर्णय गरेको हो । सरकारी जग्गा कुनै पनि व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन ।

त्यस्तै ललितपुरको नख्खुस्थित एनसेल गेटमा विस्फोट भएको, तीनजना घाइते भएको, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता प्रक्रिया टुंग्याउन बनेको कार्यदल भंग भएकोलगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : २० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको