अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट « Khabarhub

अन्तरिक्षमा पठाइँदै नेपाली स्याटलाइट


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोभियत संघले सन् १९५७ मा पहिलोपटक स्याटलाइट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । त्यसको ६ दशकपछि नेपालले आफ्नो पहिलो नानो स्याटलाइट अन्तरिक्षमा पठाउँदैछ । नयाँ पत्रिकाले छापेको समाचारमा जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले झण्डै डेढ वर्ष लगाएर यो स्याटलाइट तयार पारेका हुन्।

यो नेपालको पहिलो भूउपग्रह बनेको भन्दै वैज्ञानिक मास्केले नेपालका लागि ठूलो उपलब्धी रहेको बताएका छन् । स्याटलाइटले नेपालबाटै तथ्यांक संकलन गर्नेछ । नास्टका उपकुलपति डा सुनीलबाबु श्रेष्ठले यो स्याटलाइटले दशकौंदेखिको सपना पूरा हुन लागेको बताए ।

त्यस्तै नेकपाको एकीकरण कार्यदल भंग शीर्षकको समाचारमा कार्यदल संयोजकले नै काम गर्न सक्दैनौ भनेपछि भंग गर्ने निर्णय भएको उल्लेख छ । बरिष्ठ नेता झलनाथ खनालले सातदिनको समय दिँदा कार्यदल संयोजक तथा बरिष्ठ सदस्यले नै काम गर्न सक्दैनौ भनेपछि त्यसको पुर्नगठन गर्नुभन्दा सचिवालयले नै गर्ने भन्ने निर्णय भएको बताए ।

त्यस्तै एनसेल मुख्यालयमा बम विस्फोट भएको खबर छापिएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : ०२ बजे

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित