डीपीएलको उपाधि कस्को पोल्टामा, महेन्द्रनगर कि अत्तरिया ? « Khabarhub

डीपीएलको उपाधि कस्को पोल्टामा, महेन्द्रनगर कि अत्तरिया ?


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको फाइनल खेलमा शनिबार (आज) हुँदैछ । उपाधिका लागि महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरिया भिड्दैछन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा खेल १२: ३० मा शुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई स्टार खेलाडीले नेतृत्व गरेका टोली महेन्द्रनगर युनाइटेड र सिवाईसी अत्तरियाबीचको खेलमा दुवै खेलाडीको परीक्षाका रुपमा पनि हेरिएको छ ।

महेन्द्रनगरको कप्तानी राष्ट्रिय टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले गरिरहेका छन् भने अत्तरियाको नेतृत्व युवा स्टार दीपेन्द्रसिंह ऐरीले गरिरहेका छन् ।

खेल अघि शुक्रबार भएको पोष्ट म्याच कन्फ्रेरेन्समा दुवै कप्तानले आ—आफूले उपाधि उचाल्ने ‘दाबी’ गरेका थिए । सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिगको विजेताले ३० लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १२ लाख प्राप्त गर्नेछ ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टोली धनगढी टिम चौराहका कप्तान सोमपाल कामीले नेतृत्व गरेको नयाँ घरेलु टोली धनगढी स्टार्स यो सिजनको लिग चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : २७ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व