२२ पटकसम्म सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही कामिरिता शेर्पा « Khabarhub

२२ पटकसम्म सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही कामिरिता शेर्पा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं-  सन् १९५३ को २९ मेमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले ‘दक्षिण कोल’बाट सगरमाथाको सफल आरोहण गरिसकेपछि हालसम्म सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सगरमाथाको सफल आरोहण गर्ने हरेक आरोहीको सपना हुन्छ । तर, कीर्तिमानी आरोही कामिरिता शेर्पाले भने २२ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेयता उनी २२ पटक सर्वोच्च शिखरमा पुगिसकेका छन् ।

सोलुखुम्बु जिल्लाको थामे गाउँमा बसोबास गर्दै आएका शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउण्ट केटु, मनास्लुलागतका शिखरको सफल आरोहण गरिसकेका छन् ।

सन् १९९४ मा मे १३ मा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका शेर्पाले पछिल्लो पटक भने अघिल्लो वर्ष मे १६ मा सगरमाथाको शिखर चुमेका थिए । त्यसबीच उनले २२ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

२२ पटक सगरमाथा आरोहणसहित उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन् ।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चो ओयु हिमालको ८ पटक, ल्होत्सेको एकपटक, माउण्ट केटु हिमालको एकपटक तथा मनास्लुको दुईपटक सफल आरोहण गरेका छन् ।

उनी हाल २३ औँ पटक सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान राख्ने विचारमा छन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु