२२ पटकसम्म सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही कामिरिता शेर्पा | Khabarhub Khabarhub

२२ पटकसम्म सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही कामिरिता शेर्पा


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौं-  सन् १९५३ को २९ मेमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले ‘दक्षिण कोल’बाट सगरमाथाको सफल आरोहण गरिसकेपछि हालसम्म सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सगरमाथाको सफल आरोहण गर्ने हरेक आरोहीको सपना हुन्छ । तर, कीर्तिमानी आरोही कामिरिता शेर्पाले भने २२ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेयता उनी २२ पटक सर्वोच्च शिखरमा पुगिसकेका छन् ।

सोलुखुम्बु जिल्लाको थामे गाउँमा बसोबास गर्दै आएका शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउण्ट केटु, मनास्लुलागतका शिखरको सफल आरोहण गरिसकेका छन् ।

सन् १९९४ मा मे १३ मा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका शेर्पाले पछिल्लो पटक भने अघिल्लो वर्ष मे १६ मा सगरमाथाको शिखर चुमेका थिए । त्यसबीच उनले २२ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

२२ पटक सगरमाथा आरोहणसहित उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन् ।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चो ओयु हिमालको ८ पटक, ल्होत्सेको एकपटक, माउण्ट केटु हिमालको एकपटक तथा मनास्लुको दुईपटक सफल आरोहण गरेका छन् ।

उनी हाल २३ औँ पटक सगरमाथाको आरोहण गरी नयाँ कीर्तिमान राख्ने विचारमा छन् ।

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : ५९ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना