नेपाली टोली मनिपुरसँग भिड्दै « Khabarhub

नेपाली टोली मनिपुरसँग भिड्दै


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले डाक्टर टी आओ अन्तराष्ट्रिय फुटबल च्याम्यिनसिपमा आफ्नो तेस्रो खेल मनिपुरसँग खेल्दैछ । शनिबार गुवाहाटीस्थित साई रंगशालामा हुने खेलमा एन्फा टोली दोस्रो जितको लक्ष्यमा रहेको छ ।

‘हाम्रो टिम सेट भइसकेको छ । आजको खेलमा जित्दै सेमिफाइनल यात्रा सहज बनाउने छौं,’ टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,’त्रिपुरामाथि जित हात पारिसकेपछि खेलाडी उच्च मनोवलमा रहेका छन् । त्यसैले पनि आजको खेलमा विपक्षी टोलीलाई रोक्न केही सहज हुनेछ । हामीले योजनाबद्ध रुपमा खेल्नु पर्छ ।’

पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको नेपालले दोस्रो खेलमा त्रिपुराविरुद्ध ८-० को शानदार जित हात पारेको हो । जितमा एन्फा टोलीका स्टार अभिषेक रिजाल एक्लैले ४ गोल गरेभने प्रिजेन तामाङले २ तथा रेजिन सुब्बा र धिरज श्रेष्ठले समान एक-एक गोल गरेका थिए ।

प्राविधिक टेलीले पहिलो खेलमा भन्दा दोस्रो खेलमा २ जना खेलाड परिवर्तन गरेके थियो । जसमा गोलकिपर सोजित गुरुङ र फरवार्ड राजिव लोप्चनलाई परिवर्तन गरि उनीहरुको स्थानमा गोलकिपरमा विष्णु कुमार केसी र फरवार्डमा प्रिजन तामाङले स्थान बनाएका थिए ।

तर, आजको खेलमा त्रिपुराविरुद्धको खेलका ११ जनाले स्थान पाउँछन् वा खेलाडी परिवर्तन हुनछन् ? मनिपुरविरुद्धको खेल नेपाली समयअनुसार पौने ५ बजे सुरुहुनेछ ।

२ खेल खेलेको नेपालले एक खेलमात्रै जितेपछि ३ अंक रहेको छ भने ३ खेल खेलेको मनिपुरले २ खेलमा जित निकालेसँगै ३ अंक छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ५८ बजे

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम