के चाहन्छन् २२ औं पटक सगरमाथा चढिसकेका कामिरिता ?  « Khabarhub

के चाहन्छन् २२ औं पटक सगरमाथा चढिसकेका कामिरिता ? 



काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालीको पहिचान हो । यही पहिचानसँग प्रत्यक्ष जोडिने जाति हुन्– शेर्पा । जसले विश्वका हिमाल आरोहीलाई सगरमाथाको चुचुरो चुमाउने काम मात्र गरेका छैनन् आफै कीर्तिमानी राख्दै देशको शिर उचो बनाउने काम गरेका छन् ।

त्यस्तै कीर्तिमानधारी नेपाली हुन्– कामिरिता शेर्पा । जसले २२ पटकसम्म सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरिसकेका छन् भने २३ औं पटकको तयारीमा समेत जुटेका छन् ।

सन् १९५३ को २९ मेमा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले ‘दक्षिण कोल’बाट सगरमाथाको सफल आरोहण गरिसकेपछि हालसम्म सयौँले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेयता कामरिताले २२ पटक सर्वोच्च शिखरमा पुगिसकेका छन् । सोलुखुम्बु जिल्लाको थामे गाउँमा बसोबास गर्दै आएका शेर्पाले सगरमाथाबाहेक अन्नपुर्ण चौथो, चो ओयु, ल्होत्से, माउण्ट केटु, मनास्लु लगायतका शिखरको सफल आरोहण गरिसकेका छन् ।

कामरिताले पछिल्लो पटक भने अघिल्लो वर्ष मे १६ मा सगरमाथाको शिखर चुमेका थिए । २२ पटक सगरमाथा आरोहणसहित उनले हालसम्म ८ हजार मिटर उचाईमाथिका हिमालहरुको ३४ पटकसम्म आरोहण गरिसकेका छन् ।

सगरमाथाबाहेक उनले ८,२०१ मिटर उचाईको चोयु हिमालको ८ पटक, ल्होत्सेको एक पटक, माउण्ट केटु हिमालको एक पटक तथा मनास्लुको दुई पटक सफल आरोहण गरेका छन् । उनी अब २३ औँ पटक सगरमाथाको आरोहण गर्ने तयारीमा छन् ।

सगरमाथाको सफल आरोहणको पर्याय बनेका कामिरिताले खबरहबसँग कुरा गर्दै भने, ‘ मैले पटक–पटक सगरमाथाको आरोहण गर्नु ‘रेकर्ड ब्रेक’ गर्नुभन्दा पनि पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउनु हो, नेपालका हिमालहरुलाई विश्वमाझ चिनाउनुका साथै नेपालमा विदेशीहरुको आकर्षण बढाउनु हो ।’

विश्वमा ८ हजार मिटरमाथिका अग्ला १० हिमालमध्ये ८ वटा हिमाल नै नेपाल पर्दछन् । सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयू, मनास्लु, धवलागिरी र अन्नपूर्ण नेपालका ८ हजार मिटर माथिका अग्ला हिमाल हुन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : २६ बजे

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते