नख्खु विष्फोटका घाइतेलाई भेटेर गृहमन्त्रीले भने : उपचार सरकारले गर्छ « Khabarhub

नख्खु विष्फोटका घाइतेलाई भेटेर गृहमन्त्रीले भने : उपचार सरकारले गर्छ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको विष्फोटमा परी घाइते भएको स्वास्थ्य अवस्ठा बुझ्न अस्पताल पुगेका छन् ।

ललितपुरको मेडिसिटी अस्पताल पुगि घाइते र आफन्तलाई भेटेर गृहमन्त्री थापाले घाइतेको सरकारले निशुल्क उपचार गरिदिने बताए । उनले दोषीलाई जसरी भएपनि कानुनको कठघरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।

मन्त्री थापासँगै नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महानगरीय प्रहरी प्रमुख डिआईजी शैलेश थापा क्षेत्री पनि अस्पताल पुगेका थिए । विष्फोटको घटनामा परी घाइते भएका प्रतिक्षा खड्का र उरुशा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार करिब साढे आठ बजे नख्खुस्थित एनसेल गेटमा बम विस्फोट भएको थियो ।

विष्फोटमा परी घाइते भएका सिंहप्रसाद गुरुङको भने उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १२ : १८ बजे

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा