देशभर बम आतंक : विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरी आशंका « Khabarhub

देशभर बम आतंक : विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरी आशंका



काठमाडौं– शुक्रबार राति करिव ८ बजे ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडिको बाटो हुँदै काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धर आफ्नो कोठा तर्फ जाँदै थिइन् ।

एक्कासी आएको ठूलो आवाजसँगै उनी भुईंमा बजारिइन् । अस्पताल पुगेपछि मात्र उनले थाहा पाइन् की त्यो आवाज बमको रहेछ र आफू  विस्फोटमा घाइते  ।

उरुशा मात्र होइन, ललितपुर ४ बागडोल बस्ने २६ वर्षीया प्रतिक्षा खड्का पनि रात परिसकेकाले हतार–हतार आफ्नो घरतर्फ जाँदै थिइन् । तर उनले त्यही बम विष्फोटको घानमा परिन् र घाइते बनिन् ।

उपचारमा संलग्न चिकित्सक डा. अनिल आचार्यका अनुसार उनीहरु दुबैजनाको अवस्था सुधारोन्मुख छ । डा. आचार्यले खबरहबसँग भने–  उरुशाको खुट्टामा चोट लागेकाले एउटा अपरेशन भयो अर्को पनि हुँदै छ । प्रतीक्षाको भने छातिमा मेटलको टुक्रा अड्किएको थियो अपरेशन गरेर निकालियोे, अहिले सुधारोन्मुख छ ।

यता लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरुङलाई तत्काल अस्पाल पुर्‍याइए पनि बचाउन सकिएन । शुरुमा अल्का त्यसपछि बीएन्डबी हुँदै अन्तिममा मेडिसिटी अस्पतालमा उनको मृत्यु भयो ।

शुक्रबार रातिको घटना लगत्तै शनिबार गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसहितको टोलीले अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था बारे जानकारी लिएका छन् । घाइतेसँगको भेटमा  गृहमन्त्री बादलले घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने र दोषीलाई जसरी भएपनि कानूनी कठघरामा ल्याउने बताए ।

जताततै बम आतंक

नख्खुमा बम विष्फोट भएको केही बेरमा काठमाडौंको कमलपोखरीस्थित लोहोत्से चोकमा रहेको आगन स्वीट्सभित्र अर्काे प्रेसर कुकर बम फेला पर्यो । जसलाई तत्काल नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्याे ।

त्यही समय आसपास नै कञ्चनपुर र कास्कीमा समेत एनसेलको टावरमा आगजनी भयो । पोखरा महानगरपालिका वडा २७ चन्द्रकालिका डाँडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको थियो ।

यसैगरी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नं. ४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि आगजनी भयो ।

घटनामा विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरी आशंका

परिचय नखुलेको समूहले जताततै बम विस्फोट गराएको हल्ला फैलिएपछि शुक्रबार रातिबाटै प्रहरीले देशभर सुरक्षा सर्तकता बढाएको छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले भने, ‘घटना लगत्तै हामीले सुरक्षा सतर्कता बढाएका छौं । अनि दोषीको खोजी गरिरहेका छौं चाँडै टुंगोमा पुग्छौं ।’

यता महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख रविन्द्र धानुकका अनुसार नख्खुमा बम कस्ले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको छ । उनले भने, ‘हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं । केही व्यक्तिलाई नियन्त्रणमा पनि लिएका छौं तर अहिलेसम्म बम पड्काउनेको पहिचान भएको छैन् । हामी यथासक्य चाँडो सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

प्रहरीले घटनामा नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको संलग्नता हुनसक्ने आशंका गर्दै अनुसन्धान अघि बढाएको छ । किनकी यसअघि विप्लव समूले एनसेलले नेपाल सरकारलाई तिर्नुपर्ने कर नतिरेको, सर्वोच्चको आदेश पालना नगरेको, सेवाका नाममा ग्रहाकलाई ठगेको जस्ता विषय उठाएर एनसेल विरुद्ध कारबाही गर्ने चेतावनीसहित केही स्थानमा हमला समेत गरेको थियो । प्रहरीले अहिलेको यो घटनालाई त्यसैको निरन्तरता ठानेको छ ।

सूचनामा चुक्यो सरकार

बम विष्फोट हुँदैछ भन्ने सामान्य आँकलनसम्म गर्न नसक्नु सरकारको कमजोरी हो ।

सरकारले सूचना संकलनकै लागि राष्ट्रिय अनुसन्धान विभागको ठूलो टोली परिचालन समेत गरेको हुन्छ । नेपाल प्रहरी, सेना तथा सशस्त्र प्रहरीले समेत यस्तो विषयको निगरानी गरिरहेका हुन्छन् । तर एकैपटक बम आतंक फैलाउँदा समेत सूचना थाहा नपाउनु सरकारको ठूलै कमजोरीका रुपमा लिन सकिन्छ ।

यस्तो गतिविधी हुनसक्छ भन्ने संकेत चाहीं सरकारलाई पहिले नै थियो । किनकी केहि दिन अघिमात्र प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरु सक्रिय छन् सतर्क हुनुपर्छ भनेर बताएका थिए ।

कतै प्रधानमन्त्रीले भने जस्तै त्यही सम्मेलन भाँड्ने तत्वकै काम त हैन यो ? यति सूचना हुँदाहुँदै पनि किन थप सुरक्षा सतर्ककता अपनाइएन ? अनाहाकमा बमको निशानामा निर्दोष व्यक्ति परेको विषयमा सत्यतथ्य यथाशीघ्र बाहिर ल्याउनुपर्छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ३१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको