उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम जाँदै « Khabarhub

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन भियतनाम जाँदै


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भियतनामको विदेश मन्त्रालयले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले भियतनामको भ्रमण गर्ने घोषणा गरेको छ । भियतनामको सरकारी समाचार संस्थाले जनाएअनुसार सर्वोच्च नेता किमले आगामी दिनमा भियतनामको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोश्रो शिखर वार्ताअघि किमले भियतनामको भ्रमण गर्न लागेका हुन् । भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा महासचित न्गुएन फु थोङ्गको निमन्त्रणामा किमले भियतनाम जान लागेको जनाइएको छ ।

उत्तर कोरियाली सर्वोच्च नेता किम तथा अमेरिकी राष्ट्रपति ट्रम्पबीचको दोश्रो शिखर वार्ता आगामी फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा शिखर वार्ता गर्दैछन् । किमको भ्रमणका लागि भियतनामले राजधानी हनोईमा फेब्रुअरी २६ का लागि ट्राफिक तथा सुरक्षा व्यवस्थामा कडाई गर्ने जनाइएको छ ।

यसअघि किम रेलमार्गबाट चीन हुँदै भियतनाम आउने तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो । भियतनामका अधिकारीले त्यसबारे कुनै टिप्पणी नगरेको बताइएको छ ।

यता उत्तर कोरियाली सरकारी समाचार संस्थाले भने हालसम्म किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोश्रो शिखर वार्ता वा भियतनाम भ्रमणबारे कुनै समाचार सम्प्रेषण नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १ : २६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका