नेपालको भ्रमणपछि अष्ट्रियाली विदेशमन्त्री भुटान प्रस्थान « Khabarhub

नेपालको भ्रमणपछि अष्ट्रियाली विदेशमन्त्री भुटान प्रस्थान


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अष्ट्रियाका विदेशमन्त्री करिन कनिसल नेपालको तीन दिने औपचारिक भ्रमणमा पूरा गरी शनिबार भुटान प्रस्थान गरेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी उनले नेपालमा रहँदा आफ्ना नेपाली समकक्षी ज्ञवालीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्माओलीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

उनले ललितपुर दरबार क्षेत्रका सम्पदा संरक्षणमा आर्थिक एवं प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै पर्यटन प्रवद्र्धन तथा ऊर्जा विकासबाट नै नेपालले आर्थिक समृद्धि हासिल गर्नेमा आफू ढुक्क रहेको अभिव्यक्ति दिएकी थिइन् ।

विदेशमन्त्री करिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रियाका लागि नेपालका राजदूत प्रकाशकुमार सुवेदी, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी तथा अष्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले बिदाइ गरेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : १६ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन