सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुडानमा संकटकाल, सरकार भङ्ग « Khabarhub

सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुडानमा संकटकाल, सरकार भङ्ग


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक सुडानका राष्ट्रपति ओमर अल बसिरले मुलुकमा संकटकाल घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति बसिरले मुलुकमा एक वर्षे संकटकालको घोषणा गरेका हुन् ।

उनले संघ तथा प्रदेशका सबै सरकार भंग गरेको समेत घोषणा गरेका छन् । उनले सन् २०२० मा पनि राष्ट्रपतीय चुनावमा लड्न पाउनेगरी हुन लागेको संविधान संशोधनलाई पनि स्थगित गर्न संसद्लाई आह्वान गरेका छन् ।

घोषणा लगत्तै उनले हरेक मन्त्रालयमा रहेका उच्चअधिकारीलाई समेटेर कामचलाउ सरकारको समेत घोषणा गरे । यद्यपि सरकार विघटनको घोषणा गरेपनि उनले मुलुकका रक्षा, न्याय तथा विदेशमन्त्रीहरुलाई भने यथावतै राखेको बताइएको छ ।

नगद अभाव तथा चर्को मूल्यबृद्धिको विरोधमा गत डिसेम्बर १९ बाट सुडानमा शुरु भएको प्रदर्शन त्यसलगत्तै सरकारविरोधी प्रदर्शनका रुपमा विकसित भएको थियो ।

त्यसयता राजधानी खार्तुमसहित मुलुकका विभिन्न स्थानमा व्यापक जनप्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा हालसम्म ३२ जनाको ज्यान गइसकेको सुडानका सरकारी अधिकारीले जनाएका छन् ।

आफ्नो टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति बसिरले विपक्षी प्रदर्शनकारीलाई शान्त भएर वार्तामा आउन समेत आह्वान गरे । यता विपक्षी अभियन्ताहरुले भने बसिरले घोषणा गरेको संकटकालको विरोधमा थप चर्को प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

३० वर्षअघि सन् १९८९ मा सैन्य कुमार्फत् सुडानका राष्ट्रपति बनेका बसिर अर्को कार्यकालका लागि सन् २०२० मा पनि चुनाव लड्न पाउनेगरी सुडानमा संविधान संशोधनको तयारी भइरहेको छ । संसद्मा बसिरको कार्यकाल थप गर्नका लागि संविधान संशोधनका लागि आवश्यक बहुमत रहेको बताइन्छ ।

सुडानबाट दक्षिण सुडान टुक्रिएपछि पछिल्लो पटक उनी सन् २०१५ मा राष्ट्रपतीय निर्वाचनमा विजयी भएका थिए ।
उनीमाथि अन्तर्राष्ट्रिय अपराध अदालतमा सुडानको डार्फर क्षेत्रमा नरसंहार गरेको अभियोग लागेको छ जुन उनले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ५४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको