सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुडानमा संकटकाल, सरकार भङ्ग | Khabarhub Khabarhub

सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि सुडानमा संकटकाल, सरकार भङ्ग


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि अफ्रिकी मुलुक सुडानका राष्ट्रपति ओमर अल बसिरले मुलुकमा संकटकाल घोषणा गरेका छन् । राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति बसिरले मुलुकमा एक वर्षे संकटकालको घोषणा गरेका हुन् ।

उनले संघ तथा प्रदेशका सबै सरकार भंग गरेको समेत घोषणा गरेका छन् । उनले सन् २०२० मा पनि राष्ट्रपतीय चुनावमा लड्न पाउनेगरी हुन लागेको संविधान संशोधनलाई पनि स्थगित गर्न संसद्लाई आह्वान गरेका छन् ।

घोषणा लगत्तै उनले हरेक मन्त्रालयमा रहेका उच्चअधिकारीलाई समेटेर कामचलाउ सरकारको समेत घोषणा गरे । यद्यपि सरकार विघटनको घोषणा गरेपनि उनले मुलुकका रक्षा, न्याय तथा विदेशमन्त्रीहरुलाई भने यथावतै राखेको बताइएको छ ।

नगद अभाव तथा चर्को मूल्यबृद्धिको विरोधमा गत डिसेम्बर १९ बाट सुडानमा शुरु भएको प्रदर्शन त्यसलगत्तै सरकारविरोधी प्रदर्शनका रुपमा विकसित भएको थियो ।

त्यसयता राजधानी खार्तुमसहित मुलुकका विभिन्न स्थानमा व्यापक जनप्रदर्शन हुँदै आएको छ । प्रदर्शनका क्रममा हालसम्म ३२ जनाको ज्यान गइसकेको सुडानका सरकारी अधिकारीले जनाएका छन् ।

आफ्नो टेलिभिजन सम्बोधनका क्रममा राष्ट्रपति बसिरले विपक्षी प्रदर्शनकारीलाई शान्त भएर वार्तामा आउन समेत आह्वान गरे । यता विपक्षी अभियन्ताहरुले भने बसिरले घोषणा गरेको संकटकालको विरोधमा थप चर्को प्रदर्शन गर्ने चेतावनी दिएको छ ।

३० वर्षअघि सन् १९८९ मा सैन्य कुमार्फत् सुडानका राष्ट्रपति बनेका बसिर अर्को कार्यकालका लागि सन् २०२० मा पनि चुनाव लड्न पाउनेगरी सुडानमा संविधान संशोधनको तयारी भइरहेको छ । संसद्मा बसिरको कार्यकाल थप गर्नका लागि संविधान संशोधनका लागि आवश्यक बहुमत रहेको बताइन्छ ।

सुडानबाट दक्षिण सुडान टुक्रिएपछि पछिल्लो पटक उनी सन् २०१५ मा राष्ट्रपतीय निर्वाचनमा विजयी भएका थिए ।
उनीमाथि अन्तर्राष्ट्रिय अपराध अदालतमा सुडानको डार्फर क्षेत्रमा नरसंहार गरेको अभियोग लागेको छ जुन उनले अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  २ : ५४ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत