मोबाइल चोरीमा संलग्न चार जना पक्राउ « Khabarhub

मोबाइल चोरीमा संलग्न चार जना पक्राउ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पसलको सटर फोरेर मोबाइल चोर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग कपनले २८ थान मोबाइलसहित चोरी गर्ने चारलाई पक्राउ गरेको हो । बूढानीलकण्ठ नगरपालिका–१० निलोपुल नजिक हिँडिरहेका बालबालिकामाथि प्रहरीले जाँच गर्दा उक्त मोबाइलसहित चार्जर, मल्टिपलक, एयरफोनलगायतका सामग्री बरामद गरेको थियो ।

प्रहरीका अनुसार कपन तेञ्जिङ चोकमा रहेको कोनिका इलेक्ट्रोनिक पसल सञ्चालन गरी बस्ने गोपाल राईको पसलको सटर फोरेर मोबाइल लगायतको सामान चोरेका थिए ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका दुई, सुर्खेतको एक र नवलपरासी घर भई काठमाडौँ बस्ने एक गरी १८ वर्ष मुनिका चार रहेका महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ गरिएका उनीहरुलाई प्रहरीले चोरी शीर्षकमा मुद्दा दर्ता गरेको छ । पक्राउ परेका सबै बालबालिका भएकाले उनीहरुलाई बाल निगरानी कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : ०७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल