केली क्राफ्ट संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूत « Khabarhub

केली क्राफ्ट संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूत


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतमा नियुक्त गरेका छन् ।

केन्टकी राज्यकी क्राफ्टलाई केन्टकी राज्यकै सिनेटर तथा सिनेटमा बहुमत नेता मिच मक्कोन्नलको सिफारिसमा संयुक्त राष्ट्रसंघका लागि राजदूतमा नियुक्त गरेका हुन् ।

क्राफ्टले शुक्रबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री माइक पोम्पेओ तथा राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनसँग भेटवार्ता गरेकी छिन् ।

उनले औपचारिक रुपमा जिम्मेवारी सम्हाल्नुअघि कङ्ग्रेसमा उनको सुनुवाई हुनेछ ।

चार महिनाअघि संयुक्त राष्ट्रसंघका लागि तत्कालिन राजदूत निक्की हेलीले राजीनामा दिएपछि राष्ट्रपति ट्रम्पले नयाँ राजदूतको खोजी गरिरहेका थिए । यद्यपि संयुक्त राष्ट्रसंघका लागि नयाँ अमेरिकी राजदूतले मन्त्रिपरिषद्मा मन्त्रीको दर्जा भने नपाउने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ३ : १४ बजे

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा