भेनेजुएलामा गाउँलेमाथि प्रहरीले गोली चलायो, दुईको मृत्यु « Khabarhub

भेनेजुएलामा गाउँलेमाथि प्रहरीले गोली चलायो, दुईको मृत्यु


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिलको सीमानजिक भेनेजुएलामा प्रहरीले गोली चलाउँदा दुई स्थानीय गाउँलेको मृत्यु भएको छ ।

सहायताका लागि भन्दै भेनेजुएलाका विपक्षीको अग्रसरतामा ब्राजिलबाट भेनेजुएलामा भित्र्याउन लागिएको सामग्री रोक्नका लागि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले चलाएको गोली लागी अरु १५ जना घाइते भएको अधिकारीले जनाएका छन् । गाउँका स्थानीयबासीले प्रहरीले निर्दोष गाउँलेको हत्या गरेको आरोप लगाएका छन् । तर, भेनेजुएलाका अधिकारीले भने प्रहरीको काममा बाधा पु¥याउन हिंसात्मक बनेर आएको समूहमाथि कारवाही गरेको जनाएका छन् ।

नेजुएलामा आर्थिक संकट चर्किएको भन्दै विपक्षीको अग्रसरतामा अमेरिकालगायत ल्याटिन अमेरिकी मुलुकले त्यहाँ ब्राजिल, कोलम्बिया लगायतका मुलुकको सीमाबाट सहायता सामग्री भित्र्याउन खोजीरहेका छन् ।

भेनेजुएलाको सरकारले भने सहायताका नाममा विदेशी तत्वले मुलुलकमा घुसपैठ गर्न खोजेको अरोप लगाउँदै आएको छ ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई मुलुकको राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा राजनीतिक संकट चर्किएको छ । गुआइदोलाई अमेरिकासहित युरोपेली तथा ल्याटिन अमेरिकी मुलुकहरुले राष्ट्रपतिको मान्यता दिएका छन् भने निकोलस मादुरोको सरकारलाई रुस, चीन, क्युबा, बोलिभियालगायतका मुलुकको साथ छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ४ : ३० बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख