निजी अस्पतालमा पनि निःशुल्क उपचारको गृहकार्य : उपप्रमुख खड्गी « Khabarhub

निजी अस्पतालमा पनि निःशुल्क उपचारको गृहकार्य : उपप्रमुख खड्गी


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका–१ लगायत विभिन्न सामाजिक संस्थाले नक्सालमा शनिबार आयोजना गरेको स्वास्थ्य शिविरमा ५ सय बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

नियमित रुपमा स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारण तथा स्थानीयवासीलाई लक्षित गरी आयोजना गरिएको शिविरमा बिपी कोइराला लायन्स अध्ययन केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, फेमिली डेण्टल सोलुसनका चिकित्सकले आँखा, दाँत र सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका हुन् ।

कार्यक्रमको शुभारम्भ गर्दै कामपाका उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्र भएका निजी अस्पताल सञ्चालकले गरीब तथा विपन्न वर्गका लागि निःशुल्क उपचारका साथै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य भइरहेको बताइन् ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक डा विपीन नेपालले स्वस्थ्य जीवनका लागि शारीरिक व्यायाम गर्नुपर्ने, धूमपान तथा मदिराको सेवन गर्न नहुने तर्क गरे । त्यसैगरी बिपी कोइराला लायन्स अध्ययन केन्द्रका रवीकुमार पौडेल, नेपाल उद्यमशील महिला सङ्घका अध्यक्ष रम्भा श्रेष्ठ, कार्यक्रमका संयोजक राज्यलक्ष्मी शाक्यलगायतले खाद्यवस्तुमा प्रयोग भइरहेका विषादी, प्रदूषणले बिग्रदै गएको वातारण, अल्छीपनालगायतले पनि विभिन्न रोगको सङ्क्रमण बढ्दै गएको बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ५ : १५ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण