ब्रह्मा र विष्णुले झगडा गर्दा जन्मिए भगवान शिव ! « Khabarhub

ब्रह्मा र विष्णुले झगडा गर्दा जन्मिए भगवान शिव !


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दूहरुको महान पर्व शिवरात्रि नजिकिदैँ छ । यस वर्षको शिवरात्रि फागुन २० गते परेको छ ।  नेपाल, भारत लगायत हिन्दू धर्मावलम्बि रहेका विश्वका धेरै देशमा शिवरात्रि पर्व मनाइने गरिएको छ ।

हिन्दूधर्मका एक महत्वपूर्ण देशता भगवान शिवको विशेष पूजा अर्चना र आराधना गरि यो पर्व मनाइने गरिएको छ ।

भगवान शिवको उत्पति 

भगवान शिव जन्मिएका होइनन् प्रकट भएका हुन् भन्ने मान्यता रहिआएको छ । तर पुराणहरुमा भगवान शिवको उत्पत्ति बारेको प्रसंगहरु पाइन्छ ।

हिन्दू धर्मग्रन्थ विष्णु पुराणका अनुसार भगवान ब्रह्मा, भगवान विष्णुको नाभि(नाइटो) कमलबाट उत्पत्ति भएका हुन् भने भगवान शिव विष्णुको शिरको तेजबाट उत्पन्न भएका हुन् ।

विष्णु पुराणका अनुसार शिरको तेजबाट उत्पन्न भएका कारण शिव सधै योगमुद्रामा रहन्छन् ।

श्रीमद् भागवतका अनुसार एक पटक जब भगवान विष्णु र ब्रह्मा अहंकारमा परेर आफूलाई श्रेष्ठ बताउँदै झगडा गर्न थाले तब बलिरहेको एक खम्बाबाट भगवान शिव प्रकट भएका थिए ।

विष्णु पुराणमा वर्णन गरिए अनुसार शिवलाई आफ्नो जन्मबारे आफैंलाई मात्र थाहा छ ।

तर यसमा एक कथा वर्णन गरिएको पाइन्छ । जस अनुसार ब्रह्मालाई एक बालकको जरुरत थियो । यसका लागि उनले तपस्या गरे । तब अचानक ब्रह्माको काखमा एक बालक प्रकट भए ।

रुँदै गरेका बालकलाई भगवान ब्रह्माले रुनुको कारणबारे सोधे । तब त्यो बालकले आफ्नो नाम नभएका कारण रुनुपरेको बताए ।

त्यसपछि भगवान शिवले उक्त बालकको नाम ‘रुद्र’ राखे जसको अर्थ हुन्छ ‘रुनेवाला’ । शिव त्यसपछि पनि चुप लागेनन् । यसपछि ब्रह्माले फेरि अर्को नाम दिए तर पनि शिव भगवान रुन छोडेनन् । आजित भएका ब्रह्माले बालकलाई चुप राख्न ८ नाम भने । रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान र महादेव यी ८ नाम बह्माले राखे । शिव पुराणका अनुसार यो नाम पृथ्वीमा लेखिएको थियो ।

शिवले ब्रह्माको पुत्रको रुपमा जन्म लिनुको पछाडि पनि विष्णु पुराणमा एक पौराणिक कथा छ । जसका अनुसार जब धरती, आकाश, पाताल समेत पूरा ब्रह्माण्ड जलमग्न थियो तब ब्रह्मा, विष्णु र शिव वाहेक अरु कोही पनि देव या प्राणी थिएनन् । तब केवल विष्णु मात्र जलको सतहमा आफ्नो शेषनागमा बसेका हुन्थे । तब उनको नाइटो(नाभी)बाट कमलको डाठमा ब्रह्मा जी प्रकट भए । ब्रह्मा–विष्णु जब सृष्टिको सम्बन्धमा कुरा गरिरहेका थिए तब शिव प्रकट भए । ब्रह्माले उनलाई चिन्न इन्कार गरे । तब शिव रिसाउने डरले विष्णुले ब्रह्मालाई दिव्य दृष्टि दिएर शिवबारे याद दिलाए ।

ब्रह्माले आफ्नो गल्ती महसुस गर्दै शिवसँग क्षमा माग्न थाले र शिवसँग पुत्रको रुपमा जन्म लिने आशिर्वाद माग्न थाले । जब ब्रह्माले सृष्टिको रचना शुरु गर्न थाले तब उनलाई एक बच्चाको जरुरत पर्यो तब उनले भगवान शिवले दिएको आशिर्वाद सम्झिए । त्यसपछि ब्रह्माले तपस्याको माध्यमबाट बालक शिवलाई बच्चाको रुपमा आफ्नो काखमा पाए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : ०४ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर