खेलाडीले धानेको नेपाली क्रिकेट « Khabarhub

खेलाडीले धानेको नेपाली क्रिकेट


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आर्थिक र सामारिक दृष्टिले संसारकै शक्तिशाली देशहरुका लागि पनि खेलकुदको लडाई सझिलो छैन । सझिलो हुने भए सधै अमेरिका हरेक खेलमा विश्वविजेता बन्नुपर्थ्यो । तर त्यस्तो देखिन्न ।

आर्थिक अवस्था नाजूकमात्र होइन द्वन्द्वग्रस्त कतिपय मूलुक समेत खेलकुदको क्षेत्रमा कायापलट गर्ने अवस्थामा पुगेको उदाहरण अफगानिस्तानलाई हेरे पुग्छ । द्वन्द्वग्रस्त मूलुक अफगानिस्तानमा क्रिकेटले राम्रैसँग फड्को मारेको छ । अर्थात् कमजोर आर्थिक अवस्था भएपनि खेलकुदमा प्रतिष्ठाको लडाँई, खेलाडीको सक्षमता र त्यो देशको राजनीतिक नेतृत्वले हस्तक्षेपमूक्त राखेर न्यूनतम पूर्वाधारमा गर्ने लगानी नै सफलताको कडी बन्न सक्छ ।

तर आन्तरिक द्वन्द्व सकिएको दशक वित्दा समेत नेपाल यो मामिलामा पनि पछि नै छ । त्यस्तो हुन्न थियो भने क्रिकेट खेल्न थालेको ४ दशकपछि नेपालले एक दिवसीय मान्यता पायो वा एक दिवसीय खेल जित्यो भन्ने अवस्था अहिले आउन्न थियो । यो उपलब्धि नेपालका लागि ढिलो गरी प्राप्त भएको हो । तथापी एक दिवसीय मान्यता प्राप्त गरेको एक वर्षमै एक दिवसीय खेल जित्नु चाहिँ नेपालका लागि चानचुने उपलब्धि होइन । त्यो पनि यूएईलाई उसैको घरेलु मैदानमा तीन खेलको एक दिवसीय र टी – २० श्रृंखलामा समान २ – १ ले हराउँदै ।

क्रिकेटप्रति सरकारको दृष्टि नेपालमा भने ठिक उल्टो छ । चरम राजनीतिकरणले गाँजेको नेपाली क्रिकेट क्षेत्रमा जे जति उपलब्धि प्राप्त भएको छ, त्यो खेलाडीको मेहनतले मात्र आर्जेको भन्दा अतिशयोक्ति नहोला ।  खराब राजनीतिको बाछिटा नेपाली क्रिकेटमा नपरेको भए समकालीन अफगानिस्तानको क्रिकेट मात्र होइन आज नेपाली क्रिकेट पनि कतिपय एसोसिएट मुलुकका लागि उदाहरण हुन्थ्यो ।

खेलाडीका लागि सुखद संयोग यो पनि मिलेको छ कि खेल जितेर आएको साता दिन नपुग्दै दुई वर्षदेखि रोकिएको तलव पनि आइसीसीले पठाइदिएको छ । यसले खेलाडीमा उर्जा थपिदिएको छ । तर क्रिकेटप्रति सरकारको दृष्टि नेपालमा भने ठिक उल्टो छ । चरम राजनीतिकरणले गाँजेको नेपाली क्रिकेट क्षेत्रमा जे जति उपलब्धि प्राप्त भएको छ, त्यो खेलाडीको मेहनतले मात्र आर्जेको भन्दा अतिशयोक्ति नहोला ।

खराब राजनीतिको बाछिटा नेपाली क्रिकेटमा नपरेको भए समकालीन अफगानिस्तानको क्रिकेट मात्र होइन आज नेपाली क्रिकेट पनि कतिपय एसोसिएट मुलुकका लागि उदाहरण हुन्थ्यो । नेपाल क्रिकेट संघको विवाद, पूर्वाधारको अभाव र आइसीसीको प्रतिबन्धजस्ता समस्याले रुमलिएको नेपाली क्रिकेट क्षेत्रमा खेलाडीले हासिल गराइदिएको यो उपलब्धि प्रशंसायोग्य छ ।

आफ्नै कारणले प्रशासनिक रुपमा नेपाली क्रिकेट प्रतिबन्धमा रहँदा/रहँदै पनि खेलाडीको समपर्ण, प्रतिबद्धता र मेहनत हुन्न थियो भने नेपाली क्रिकेट इतिहासमा मात्र सीमित हुन्थ्यो भन्ने आंकलन नर्कान सकिँदैन । यस्ता समस्याका बाबजुद खेलाडीको मेहनतले नेपालको प्रतिष्ठा क्रिकेट मार्फत संसारभर बढेको छ ।

अझ १७ वर्षकै उमेरमा गत वर्ष आईपीएलमा अनुबन्धित भएका सन्दीप लामिछानेको प्रदर्शनले संसारभर परकम्पन ल्याइदियो । त्यसपछि क्रिकेट खेल्नकै लागि भएको उनको विश्व दौडाहा र उनले त्यहाँ गरेको प्रदर्शन दुनियाँलाई चकित तुल्याउने रह्यो । सन्दीपको यो प्रदर्शनले पनि बताउँछ नेपाली खेलाडीको स्तर र तागत ।

४ दशक लामो नेपाली क्रिकेट इतिहासमा नेपाललाई एक दिवसीय मान्यता दिलाउन अपत्यारिलो तर बिछिट्टै क्षमताले निपुर्ण यिनै सन्दीप लामिछानेको योगदान अविष्मरणीय रह्यो । नेपालले एक दिवसीय मान्यताका लागि विश्वकप छनौट प्रतियोगितामा पपुवा न्यूगिनीसँग संघर्ष गरिरहँदा सन्दीपले ४ विकेट लिए । जुन खेलमा नेपालले पपुवा न्यूगिनीलाई २७ दशमलव २ ओभरमा १ सय १४ रनमा मात्र रोकेन, उसले दिएको १ सय १५ रनको बिजयी लक्ष्य ४ विकेटको क्षतिमा १ सय ६२ बल नै नखेली जित्यो । लगत्तै नेपालले एक दिवसीय क्रिकेटको मान्यता पायो सन् २०१८ को मार्च १५ मा ।

जुन नेपाली क्रिकेट क्षेत्रको समुच्च उपलब्धि थियो । किनकी क्रिकेट खेल्न थालेको झण्डै २० वर्षपछि अर्थात सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको सदस्य राष्ट्र बनेको नेपालले एक दिवसीय क्रिकेट टोलीको मान्यता पाउन अरु २२ वर्ष कुर्नु परेको थियो । तर एक दिवसीय मान्यता पाएको एक वर्षको हाराहारीमै नेपालले खेलाडीहरुको बल–बुताकै भरमा खेल जितेर हामी गर्न सक्षम तर त्यस अनुरुपको वातावरण र पूर्वाधार देउ भनिरहेका छन् ।

राजनीतिले खेल क्षेत्रलाई समेत गाँजेपछि मिडियाका आवाज पनि औपचारिकताको घेरामा बन्दी भएका छन् । मिडियामा आम मानिसका धारणा तथा मिडियाकै कारण आम मानिसले बनाउने धारणा पनि शासकले नसुन्दा समस्या समाधान हुनुको साँटो व्यक्तिबाट समुदाय र समुदायबाट मिडिया हुँदै शासकमा सरेकाे भान हुन्छ ।

यसर्थ अब राज्यस्तरबाट क्रिकेटका लागि आवश्यक पूर्वाधार निर्माण र प्रशासनिक समस्या हटाएर यसको विकासमा लाग्न दबाब बढेको छ । क्रिकेटमा भएको यो तहको प्रदर्शनले पूर्वाधार लगायतका संरचनामा विगतमा खेलाडीका लागि मात्र आवश्यकता थियो भने पनि अब राज्यका लागि समेत बाध्यात्मक बनेको छ ।

राजनीतिले खेल क्षेत्रलाई समेत गाँजेपछि मिडियाका आवाज पनि औपचारिकताको घेरामा बन्दी भएका छन् । मिडियामा आम मानिसका धारणा तथा मिडियाकै कारण आम मानिसले बनाउने धारणा पनि शासकले नसुन्दा समस्या समाधान हुनुको साँटो व्यक्तिबाट समुदाय र समुदायबाट मिडिया हुँदै शासकमा सरेकाे भान हुन्छ । तर कामना गरौं क्रिकेटप्रति सत्ताको बागडोर सम्हाल्नेहरुमा अब खेलाडीले गरेको प्रगतिले चेत घुसाउने काम गरोस् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ६ : ५७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर