सुनको टुक्रा हामीसँगै छ, मात्र सोच बदलौंः अध्यक्ष प्रचण्ड « Khabarhub

सुनको टुक्रा हामीसँगै छ, मात्र सोच बदलौंः अध्यक्ष प्रचण्ड


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेशमै युवा रोजगारीको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।

भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नेपाली युवा विदेशिएको परिस्थिति हेर्दा दिक्क लाग्ने गरेको बताउँदै अब विदेश पलायनको अवस्था निमिट्यान्न पार्नुपर्ने बताएका हुन् ।

उनले समूह, सहकारी तथा निजीस्तरबाट पनि कृषिजन्य वस्तु उत्पादन गर्न सके स्वदेशमै विदेश पलायन हुने युवा श्रमशक्ति खपत हुने बताए । यसबाट उत्पादकत्व वृद्धि हुनुकासाथै रोजगारीका अवसर सिर्जना हुने बताए।

उनले खाडी मुलुक गएर नेपालीहरूले धेरै दुख गरेको प्रसंग जोड्दै स्वदेशमै  संघर्ष गरे देश आत्मनिर्भर बन्नेमा कुनै द्विविधा नरहने तर्क गरे । उनले भने, ‘शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर उत्पादन वृद्धिका साथै रोजगारी सिर्जना गर्न अब राज्यले नेतृत्व लिनुपर्छ ।’ उनले थपे,‘सुनको टुक्रा हामीसँग छ। मात्र सोच बदल्नु जरुरी छ । यसका लागि नेतृत्व राज्यले नै लिनुपर्छ।’

उनले विभिन्न विकासशील राष्ट्रको प्रसंग जोड्दै कृषि र शिक्षा क्षेत्रमा राज्यले अनुदान बढाउन सके मात्र केहीहदसम्म बाध्यताको वैदेशिक रोजगारीमा कमी आउने बताए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ७ : १९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको