लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज | Khabarhub Khabarhub

लगातार दोस्रो जितसँगै नेपालको सेमिफाइनल यात्रा सहज


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी- भारतमा रहेको एन्फा—२१ टोलीले ‘डाक्टर टी आओ’ अन्तर्राष्ट्रिय फुटबल च्याम्यिनसिप अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै ६ अंकका साथ सेमिफाइलनको यात्रा सहज बनाएको छ ।

पहिलो खेलमा मेघालयसँग पराजित  नेपाली टोलीले त्यसपछिका दुई खेलमा लगातार जित हात पार्दै अंक तालिकामा ६ अंक बनाएको हो । शनिबार भएको मणिपुरविरुद्धको खेलमा नेपाल ३–१ गोल अन्तरले विजयी भयो ।

एसएआइ स्टेडियममा भएको खेलमा नेपालको जितका लागि खेलको १९ औं मिनेटमा  अभिषेक रिजालले खाता खोले । त्यस्तै खेलको ३० औं मिनेटमा अभिषेकले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–० को स्थितिमा पुर्‍याए ।

पहिलो हाफ २–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा एक गोल गर्दै ३–१ को जित निकालेको हो । खेलको ५४ मिनेटमा मणिपुरका लागि सोङ्पु सिंगितले एक गोल फर्काएका थिए ।

निकै नै रोमाञ्चक बनेको खेलमा ७८ औं मिनेटमा नेपालले पाएको पेनाल्टीको सदुपयोग गर्दै अभिषकले बललाई जाली चुमाउँदै ह्याट्रिक पुरा गरे । खेलको म्यानअफदि म्याच पनि अभिषेक नै बने ।

शनिबारको खेलमा जित हात पारेपछि टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले भने,’ ‘मणिपुरविरुद्धको खेलमा जित हात पारेसँगै नेपाली टोलीमा थप हौसला मिलेको छ, आगामी खेलमा पनि जित हात पार्दै उपाधि चुम्नेछौं ।’

पहिलो खेलमा मेघालयसँग ३-२ ले पराजित भएको नेपाल दोस्रो खेलमा त्रिपुराविरुद्ध ८-० ले विजयी भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ८ : १२ बजे

अमेरिकामा ‘नोरोभाइरस’ को प्रकोप बढ्दै

एजेन्सी– यो महिना संयुक्त राज्य अमेरिकाभरि असामान्य रूपमा ठूलो सङ्ख्यामा

स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री

वालिङ– यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोडको सुन्तला बिक्री

 ग्रामीण सडकले कृषि उपजको बजारीकरण सहज

भोजपुर– ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज

पाँच देशका लागि नवनियुक्त राजदूतले लिए शपथ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नियुक्त भएका पाँच

प्रतिनिधिसभाका सचिव राईले लिए शपथ 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा