हैटीमा सरकारविरोधी प्रदर्शन चर्कियो « Khabarhub

हैटीमा सरकारविरोधी प्रदर्शन चर्कियो


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यारिबियन मुलुक हैटीमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । अघिल्लो साता सरकारविरोधी प्रदर्शनका क्रममा मारिएका प्रदर्शनकारीको शवयात्रासँगै निस्केका सयौँ प्रदर्शनकारीले सरकारसरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली चलाएको अधिकारीले जनाएका छन् । प्रहरीको गोली लागी केही प्रदर्शनकारी घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपतीय कार्यालयनजिक प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलाले तेलमा दिएको अनुदानको दुरुपयोग गरेको र मुलुकमा चरम मुद्रास्फिती निम्त्याएको भन्दै सरकारको विरोधमा प्रदर्शन शुरु भएको हो । मुलुकको आर्थिक संकटका लागि राष्ट्रपति जोभेनिल मोसिस जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग्दै आएका छन् । गत फेब्रुअरी ७ बाट शुरु प्रदर्शनका क्रममा केही प्रदर्शनकारीको ज्यान गइसकेको र अरु दर्जनौँ घाइते भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : २१ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति