हैटीमा सरकारविरोधी प्रदर्शन चर्कियो « Khabarhub

हैटीमा सरकारविरोधी प्रदर्शन चर्कियो


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यारिबियन मुलुक हैटीमा सरकारविरोधी प्रदर्शन चर्किँदै गएको छ । अघिल्लो साता सरकारविरोधी प्रदर्शनका क्रममा मारिएका प्रदर्शनकारीको शवयात्रासँगै निस्केका सयौँ प्रदर्शनकारीले सरकारसरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

प्रदर्शनलाई नियन्त्रण गर्नका लागि प्रहरीले रबरको गोली चलाएको अधिकारीले जनाएका छन् । प्रहरीको गोली लागी केही प्रदर्शनकारी घाइते भएको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपतीय कार्यालयनजिक प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलाले तेलमा दिएको अनुदानको दुरुपयोग गरेको र मुलुकमा चरम मुद्रास्फिती निम्त्याएको भन्दै सरकारको विरोधमा प्रदर्शन शुरु भएको हो । मुलुकको आर्थिक संकटका लागि राष्ट्रपति जोभेनिल मोसिस जिम्मेवार रहेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग्दै आएका छन् । गत फेब्रुअरी ७ बाट शुरु प्रदर्शनका क्रममा केही प्रदर्शनकारीको ज्यान गइसकेको र अरु दर्जनौँ घाइते भएका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ९ : २१ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट