अन्तत: भत्काइयो पाब्लो इस्कोबार बसेको घर « Khabarhub

अन्तत: भत्काइयो पाब्लो इस्कोबार बसेको घर


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबारको घर भत्काइएको छ । कोलम्बियाको मेडेलिन शहरमा रहेको इस्कोबारको ‘मोनाको’ नामक घर भत्काइएको हो ।

१९८० को दशकमा इस्कोबार बसेको त्यस घर पछिल्ला केही समययता पर्यटकीय गन्तव्यको रुपमा विकसित भएपछि शुक्रबार त्यस घरलाई नियन्त्रित विष्फोटनबाट भत्काइएको मेडेलिन शहरका मेयरले जनाएका छन् । ८ तले घर रहेको स्थानमा अब पार्क बनाइने अधिकारीले जनाएका छन् ।

त्यस क्षेत्रका शहरका दुई लागूऔषध तस्करहरु मेडेलिन कार्टेल र काली कार्टेलबीच द्वन्द्वको समयमा काली कार्टेलले सन् १९८७ मा त्यस घरमा कार बम विष्फोट गराएको थियो । त्यतिबेला भएको शक्तिशाली कार बम विष्फोटले पनि त्यस घरमा क्षति पुर्‍याउन सकेको थिएन ।

पछिल्लो समय त्यस घरलाई हेर्नका लागि वर्षेनी हजारौँ लागुऔषध दुव्र्यसनी पर्यटकका रुपमा आउने गरेको बताइन्छ । पाब्लो इस्कोबार सन् १९९३ मा अमेरिकी तथा कोलम्बियाका विशेष फौजको कारवाहीमा मारिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : २२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली