अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते « Khabarhub

अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- अज्ञात समूहको गोली प्रहारबाट सप्तरीमा आइतबार राति एक युवक घाइते छन् ।

सदरमुकाम राजविराजबाट आफ्नो घर डाक्नेश्वर नगरपालिका–७ जाने क्रममा २५ वर्षीय भगवत मण्डलमाथि गोली प्रहार भएको सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरी उपरीक्षक प्रसाईंका अनुसार उनको बायाँ पाखुरामा गोली लागेको र उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको र गोली प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : ४५ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।