साढे आठ लाखको गुटखा बरामद « Khabarhub

साढे आठ लाखको गुटखा बरामद


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सशस्त्र प्रहरी बल सर्लाहीले साढे आठ लाख मूल्य बराबरको सुर्तीजन्य गुटखासहित एक थान पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण १० हेडक्वार्टर कविलासी सर्लाहीले नवलपुरबाट मलङ्गवातर्फ आउँदै गरेको ना२च ५९७८ नम्बरको पिकअप भ्यानलाई कविलासी नगरपालिका–८ अगर्वा चौकमा चेकजाँच गर्दा सुर्तीजन्य गुटखा पक्राउ गरेको हो ।

विशेष सुराकीका अधारमा प्रहरी नायब निरीक्षक प्रमोदकुमार सिंहको टोलीले गुटखा बरामद गरेको हो । बरामद गरिएको गुटखाको भ्याट बिलअनुसार मूल्य आठ लाख ३९ हजार ४४८ रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

गुटखामा क्यान्सरको चित्र देखिने गरी तस्बिरमा ९० प्रतिशत स्वास्थ्य चेतावनी लेखिएको हुनुपर्नेमा ४० प्रतिशत मात्र स्वास्थ्यसम्बन्धी चेतावनी लेखिएको गुटखासहित पिकअप भ्यान नियन्त्रणमा लिइएको सर्लाहीका प्रजिअ मोहनबहादुर जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : १० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले