ट्रम्पको प्रसंशा गर्दै मोदीले भने, ‘अबकी बार फिर ट्रम्पकी सरकार’ « Khabarhub

ट्रम्पको प्रसंशा गर्दै मोदीले भने, ‘अबकी बार फिर ट्रम्पकी सरकार’


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दे उनका लागि आगामी चुनावको नारा तय गरेका छन् ।

अमेरिकी चुनावको पूर्वसन्ध्यामा उनले भारतीय चुनावमा समेत आफ्ना पक्षमा प्रयोग भएको नारालाई नै अमेरिकी राष्ट्रपति ट्रम्पका लागि सार्वजनिक गरेका हुन् ।

उनले‘अबकी बार फिर ट्रम्पकी सरकार’ नारा अमेरिका पुगेर सार्वजनिक गरे ।

टेक्सासको ह्युस्टनमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदीले भारतको राम्रो साथीको रुपमा आफूले ट्रम्पलाई पाएको बताएका थिए । २०१७ मा आफूलाई ट्रम्पले परिवारका सदस्य चिनाएको स्मरण गराउँदै मोदीले आज आफूले अमेरिकाको ह्युस्टनमा आफ्नो भारतीय परिवारलाई ट्रम्पसमक्ष चिनाउन पाउँदा खुसी लागेको बताए ।

ट्रम्पले पनि ५० हजार भन्दा बढी संख्यामा उपस्थित भारतीय अमेरिकीहरुप्रति धन्यवाद व्यक्त गरे । भारतीय प्रवासीप्रति गर्व रहेको उल्लेख गर्दै ट्रम्पले अमेरिकालाई बलियो बनाउन भारतीय आप्रवासीहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

ट्रम्पले दुई देशबीचको साझा सपना र उज्वल भविष्यका लागि सहकार्य गर्न आफू उत्साहित रहेको बताए । उनले सीमा सुरक्षा तथा मुस्लिम आतंकवादविरुद्ध संयुक्त रुपमा लड्ने प्रतिवद्धता जनाए ।

ट्रम्पलाई मन्तव्यका लागि बोलाउँदा अंग्रेजीमा बोलेका मोदीले आफ्नो मन्तव्य राख्ने क्रममा भने हिन्दीमा राखेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : २३ बजे

सुनको मूल्य बढ्यो, आज कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य सामान्य बढेको छ ।

विदेशको ज्ञान, स्वदेशमा कमाइ

चितवन– दश वर्ष दुबईमा मजदुरी गरेर फर्किएका टीकाबहादुर गुरुङले मायाँटारमा

नेपाल टेलिकमको सेवामा सुधार : डाटा सकिँदा स्वतः पैसा नकाटिने

काठमाडौं– नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु