डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानलाई निरन्तरता दिन विभागको अनुरोध « Khabarhub

डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियानलाई निरन्तरता दिन विभागको अनुरोध


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य सेवा विभागले डेंगु नियन्त्रण तथा रोकथामका लागि विभिन्न विषादीको प्रयोग भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विभागले आइतबार राति विज्ञप्ति जारी गर्दै विभागबाट उपलब्ध हुँदै आएको विषादी कालाजार प्रभावित क्षेत्र तथा औलो रोगको उच्च तथा मध्यम जोखिम भएका क्षेत्रमा घर तथा कटेरा भित्र छिड्काउ गर्ने प्रयोजनका लागि मात्र भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘डेंगु रोग नियन्त्रण र रोकथामको लागि सबैभन्दा प्रभावकारी विधि लामखुट्टेको विकास हुने वासस्थानको खोजी गरी लार्भा नष्ट गर्नु नै हो । यसर्थ सबैलाई राष्ट्रियस्तरमा नै अवलम्वन गरिएको खोज तथा नष्ट अभियानलाई निरन्तरता दिनुहुन अनुरोध छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जारी गरेको पछिल्लो (साउन १ देखि असोज १) गते सम्मको तथ्यांक अनुसार डेंगुबाट ६ जनाको मृत्यु भएको छ ।

६७ जिल्लाका ७ हजार ३ सय ७० जना डेंगुबाट संक्रमित भएका छन् ।  डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिएsf] 5 . जहाँ ९५६ जना संक्रमित छन् । प्रदेश १ को सुनसरी र झामा सवैभन्दा बढी प्रभावित छन् । झापामा ३९७ र सुनसरीमा ३८२ जना डेंगुबाट संक्रमित भएको महाशाखाले जनाएको छ ।

त्यसैगरी प्रदेश २ का ८ जिल्लामा डेंगुको संक्रमण फैलिएको र ६२ जना संक्रमित रहेको जनाएको छ । प्रदेश ३ मा सबैभन्दा बढी डेंगुको संक्रमण फैलिएको छ । प्रदेश ३ का १३ जिल्लामा संक्रमण फैलिएको र ३ हजार ९ सय २९ जना डेंगुबाट सक्रिमित रहेको उल्लेख छ ।

प्रदेश ३ को काठमाडौंमा सवैभन्दा बढी १ हजार ३ सय ३१ जना संक्रमित छन् भने चितवनमा १ हजार २ सय ३७ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशका १० जिल्लामा डेंगुको संक्रमण फैलिएको र १ हजार ९ सय ६४ जना संक्रमित रहेको उल्लेख छ । प्रदेश ५ का ११ जिल्लाका ३ सय ९६ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूर पश्चिम प्रदेशमा ५२ जना डेंगुबाट संक्रमित रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ४५ बजे

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको