दिवंगत भएकाको फोटो यी स्थानमा राख्दा ख्याल गर्नुस्, हुन्छ अशुभ « Khabarhub

दिवंगत भएकाको फोटो यी स्थानमा राख्दा ख्याल गर्नुस्, हुन्छ अशुभ


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा हामी यस्तो गल्ती गर्छाै, जसले हामीलाई फाइदा पूर्याउनुको सट्टा हानी गर्ने गर्दछ ।

अहिले सोह्र श्राद्ध चलिरहेको छ, सोह्र श्राद्धको अवसरमा पितृपक्ष हुने भएकाले अधिकाशं मानिसले पूर्ण रीतिथिती अनुसार आफ्ना पूर्वज तथा पितृको श्रद्धापुर्वक सम्झना तथा आरधना गर्दछन् ।

पितृपक्षको अवसरमा हामी जान अन्जानमा हाम्रा पूर्वज तथा पितृको तस्वीर घरका कुनै भागमा श्रद्धा पूर्वक राख्ने गर्दछौ । तर श्रद्धाका नाममा अनुचित स्थानमा पूर्वजको तस्वीर राख्नाले कतिपय अवस्थामा हानी समेत हुनसक्छ । आखिर कुन कुन स्थानमा पूर्वजको फोटो राख्नु हुदैन त :

१. दिवंगत भएका पूर्वज तथा पितृको तस्वीर भगवान वा देवीदेवताको तस्वीरका साथमा राख्नु हुदैन । यसले तपाईको परिवारमा हानी पुर्याउन सक्छ । देवीदेवतालाई दिवंगत पितृ भन्दा पुजनीय मानिन्छ । तसर्थ समान स्थान वा स्वरुपमा मृतक आफन्तको तस्वीर देविदेवताका बीचमा राख्नाले यसले नकारात्मक असर पुर्याउन सक्छ । यसरी पितृको फोटो सगैं राख्नुलाई देवदोष मानिन्छ ।

२. मृत आफन्त तथा पूर्वजको तस्वीर घरको मध्य अथवा ब्रम्ह स्थानमा राख्नु हुँदैन । यसो गर्नाले घरका जिवित ब्यक्तिको मानसम्मानमा कमी आउने मान्यता छ । घरको बीच भागमा पितृको तस्वीर राखेमा समाजमा प्रतिष्ठामा आच आउने संभावना हुन्छ । साथै पश्चिम वा दक्षिण दिशामा समेत पितृको तस्वीर राख्नाले सम्पत्ति हानी हुने वा हराउने भय रहन्छ ।

३. दिवंगत आफन्तको तस्वीर घरका धेरै भागमा वा एकै मृत ब्यक्तिको तस्वीर धेरै स्थानमा समेत राख्नु हुदैन । यसले घरका परीवारजनमा मानसिक दबाब तथा तनाव बढ्ने हुन्छ । मृतक आफन्तको तस्वीर कुनै एक निश्चित स्थान बाहेक अन्यत्र लगाएमा यसले परीवारको सदस्यमा मनमुटाव बढाउने गर्दछ ।

४. घरमा राखिएका पितृको तस्वीर सिधा वा झुण्डिएको वा हल्लिने गरी राख्नु हुदैन । यस्तो भएमा परिवारमा त्राश र डर बढ्ने गर्दछ । साथै कुनै पनि मृत मानिसको तस्वीरको साथमा जीवित व्यक्तिको तस्वीर समेत राख्नु हुदैन । अन्यथा मानिसको स्वभाव परीवर्तन भई तस्वीरमा भएको जिवित ब्यक्ति बिराबी हुनसक्छ ।

५. मृतक पूर्वजको तस्वीर कोहि कसैको बेडरुमको भित्तामा राख्नु हुदैन । अझ साना बच्चा वा दम्पती सुत्ने कोठामा पूर्वजको तस्वीर हुनु निकै हानिकारक मानिन्छ । यसले पूर्वजको अपमान हुने तथा सुतेको समयमा खराब सपना लगातार देख्ने हुनसक्छ । साथै पूर्वजको तस्वीर भान्साकोठामा समेत राख्नुहुदैन । भान्सा कोठामा पूर्वजको तस्वीर राखेमा घरमा हमेशा अशान्ती छाउछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : २१ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर