दशैंको मुखमा सर्वसाधारणले धान्न नसक्ने गरी बढ्यो तरकारीको मूल्य « Khabarhub

दशैंको मुखमा सर्वसाधारणले धान्न नसक्ने गरी बढ्यो तरकारीको मूल्य


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वका बेलामा अत्याधिक खपत हुने तरकारीको मूल्य थेग्नै नसक्ने गरी बढेको छ ।

आलु, प्याज लगायतका तरकारीको मूल्य आम सर्वसाधारणले धान्न नसक्ने गरी बढेको हो । सरकारले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले विभिन्न बहानामा तरकारी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् ।

एक साताअघि बजारमा ९३ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले १२५ नाघेको छ । त्यस्तै, एक साताअघि ६५ प्रतिकिलो पर्ने आलुको मूल्य अहिले ७५ नाघेको छ । बन्दा, काउली, मुला, भन्टा, बोडी, हरियो फर्सी, तीते करेलालगायतका तरकारीको मूल्य पनि यसरी नै बढेको छ ।

भारत र नेपालमा उत्पादनमा कमी आएपछि तरकारीको मूल्य निरन्तर उकालो लागेको व्यवसायीहरू बताउँछन् । नेपाल आलुमा ६० प्रतिशत र प्याजमा ९० प्रतिशत भारतमाथि निर्भर छ ।
तरकारीको बजार मूल्य अकासिए पनि किसानले भने लागतअनुसारको मूल्य पाउन नसकेको गुनासो गर्दै आएका छन् । यसको सबै फाइदा बिचौलियाले लिएको किसानको गुनासो छ ।

काठमाडौंको थोक बजारमा आइतबार बोडी प्रतिकिलो १२० देखि १२५ र पर्बल ९० देखि ९५ रुपैयाँमा कारोबार भयो । त्यस्तै, उपभोक्ताले भिन्डी र काउलीलाई प्रतिकिलो १ सय २० रुपैयाँसम्म तिरेका छन् ।

थोक बजारमै घिरौंला, ठूलो खुर्सानी र सिमी प्रतिकिलो ९० देखि ९५ रुपैयाँ बढीमा किनबेच भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको मूल्य सूची यस्तो छ-

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : २९ बजे

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ बुँदामा पढ्नुहोस् कार्की आयोग प्रतिवेदनको निष्कर्ष

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भदौ २३ र

दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा

अमेरिकी डलरको भाउ उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर