पाकिस्तानी सेनाविरुद्ध बोलेपछि देश छोडेर अमेरिका पुगिन् इस्माइल « Khabarhub

पाकिस्तानी सेनाविरुद्ध बोलेपछि देश छोडेर अमेरिका पुगिन् इस्माइल


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानी सेनाविरुद्ध बोलेपछि महिनौँदेखि लुकेर बस्दै आएकी एक पाकिस्तानी मानव अधिकारकर्मी देश छोडेर अमेरिका पुगेकी छिन् ।

देशव्यापी आफ्नो खोजी र आफूविरुद्धको यात्रा प्रतिबन्धलाई छल्दै अधिकारकर्मी गुललाई इस्माइल अमेरिका पुगेकी हुन् ।

उनीमाथि “राज्यविरुद्धका गतिविधिमा संलग्न भएको” र “हिंसा फैलाएको” पाकिस्तानी अधिकारीहरूले आरोप लगाउँदै आएका छन् । समाचार संस्था एएफपीसँग कुरा गर्दै इस्माइलले आफ्नो ज्यानलाई खतरा भएकोले देश छोडेर भाग्न बाध्य भएको बताएकी छन् ।

उनीविरुद्ध पाकिस्तानी अदालतमा छवटा मुद्दा दायर भएको थियो र यसकारण आफ्नो जीवन गम्भीर खतरामा रहेको उनले निष्कर्ष निकालेको बताएकी छिन् ।

एउटा वक्तव्यमा अधिकारकर्मी इस्माइलले भनेकी छन्, “पछिल्ला केही महिना एकदम डरलाग्दो रहे। मलाई धम्की दिइयो, दुर्व्यवहार गरियो। म भाग्यमानी छु कि अहिलेसम्म जीवित छु।”

आफ्नो यात्रामाथि प्रतिबन्ध लगाइएकोले उनले देश कसरी छोडिन् भन्नेबारे उल्लेख गरेकी छैनन् । यद्यपि न्यूयोर्क टाइम्स पत्रिकासँग कुरा गर्दै उनले भनिन्, “म कुनै विमानस्थलबाट चाहिँ उडिनँ।”

अमेरिकामा राजनीतिक शरणका लागि निवेदन दिएकी इस्माइल न्यूयोर्कमा आफ्नी बहिनीसँग बसिरहेकी छन् । खासगरी महिला तथा बालिकाविरुद्धका मानव अधिकार उल्लङ्घनका घटनाबारे इस्माइलले कैयौँ वर्षदेखि आवाज उठाउँदै आएकी छन्।

यद्यपि अफगानिस्तानसँगको सिमानामा पाकिस्तानी सेनाको कारबाहीका क्रममा महिलामाथि दुर्व्यवहार गरिएको भन्दै आवाज उठाउन थालेपछि उनी अधिकारीहरूको नजरमा पर्न गइन् ।

सन् २०१८ को अक्टोबर महिनामा लण्डनबाट फर्कने क्रममा इस्लामाबाद विमानस्थलबाट इस्माइललाई पहिलो पटक पक्राउ गरिएको बीबीसीले उल्लेख गरेको छ ।

सोह्र वर्षको उमेरदेखि नै गुललाई इस्माइलले मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी छन्।

उनी उत्तर-पश्चिमी पाकिस्तानको ख्यबर पख्तुन्ख्वा प्रान्तकी हुन्। त्यहाँ उनले बालिकाहरूका लागि काम गर्ने उद्देश्यका साथ अवाएर गर्ल्स नामक एउटा गैरसरकारी संस्था स्थापना गरिन् ।

घरेलु हिंसा र कम उमेरमा हुने विवाहविरुद्ध लगायतका विषयमा काम गर्न सन् २०१३ मा उनले सयजना महिला भएको एउटा समूह बनाइन्।

आफूले गरेका कामका लागि उनले कैयौँ पुरस्कार पाएकी छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ८ : ४३ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा