घर पोत्ने रातो माटो बिक्री गरेर ५ लाखसम्म आम्दानी « Khabarhub

घर पोत्ने रातो माटो बिक्री गरेर ५ लाखसम्म आम्दानी


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– घर पोत्नका लागि प्रयोग हुने रातो माटोको बिक्री बढेपछि पाँचथरको फिदिम नगरपालिका–४ का स्थानीय उत्साहित बनेका छन् । दशैं तथा तिहार नजिकिएसँगै अहिले रातो माटोले बजार पाउन थालेको छ ।

चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि फिदिम–४ का स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा ६० देखि ८० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुने गरेको छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक ५ लाख  रुपैयाँसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले बताए । ‘दशैं र तिहारमा बढी माटो बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै मैले पनि ३ लाख वार्षिक आम्दानी गर्ने गरेको छु,’ सिगुले भने ।

यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैं तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताए । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुनेभएपछि ट्र्याक्टर चालकले गाउँमै लगेर पनि माटो बिक्री गर्ने गरेको उनले बताए ।

यस ठाउँका रातो माटो दशैं तिहारमा बढी बिक्री हुने गरेको छ । अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडाले बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  १० : ५८ बजे

इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

काठमाडौँ– गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स

मेची भन्सारबाट ११ अर्ब ५८ करोड राजस्व सङ्कलन

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयोगले आज प्रमाणपत्र दिँदै

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई आज प्रमाणपत्र