डा.अरुणा भन्छिन्– करी पत्ता स्वास्थ्यका लागि अमृत सरह, प्रयोग गर्ने तरिका यो हो | Khabarhub Khabarhub

डा.अरुणा भन्छिन्– करी पत्ता स्वास्थ्यका लागि अमृत सरह, प्रयोग गर्ने तरिका यो हो


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

करी पत्तालाई मानिसले मीठा निम पनि भन्छन् । सायद निम पत्ताको औषधीजन्य गुण हुने तर तीतो नभएकाले पनि यसलाई मीठा निम भनिएको हुनसक्छ ।

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रतीले भन्छिन्, ‘करी पत्ता मानिसको स्वास्थ्यका लागि अमृत समान हुन्छ ।’ मैले मीठा निमको उपयोगिताबारे थाहा पाएको सन् २००६ मा श्रीलंका बसाईका क्रममा हो ।

श्रीलंकामा प्रायः खानेकुरा पकाउँदा करी पत्ता प्रयोग गरिँदो रहेछ । पहिले पहिले त म तरकारी वा दालमा हालेको पत्ता निकालेर फ्याँल्थेँ । सँगै खान बसेकी नर्सले यसको उपयोगिताबारे जानकारी दिए पछि म त्यसलाई खान थालेँ ।

ती नर्सले भनेकी थिइन्, “ करी पत्ता त एकदम पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । हाम्रो खाना त यो नभईकन पूर्ण नै हुँदैन । हामी यसको नरम पातको अचार पनि बनाउँछौँ । रसम (दाल) मा त यो नभई हुँदैन । यो भिटामिन ‘ए’को भण्डार नै हो, अनि किन तिमीले फ्यालेको ? तिमीले त गर्भवतीलाई यो खान प्रेरणा पो दिनुपर्छ ।”

करी पत्तामा रेसादार पदार्थ, क्याल्सियम, फस्फोरस, भिटामिन ए र फोलिक एसिड प्रसस्त मात्रामा पाइन्छ । करी पत्ता गर्भवती तथा सुत्केरीका लागि त अति नै जरुरी नै हुन्छ । फोलिक एसिडको प्रयोगले भ्रुणलाई स्वास्थ बनाउन मद्दत गर्छ ।

पखाला लागेको बेलामा पनि करी पत्ताको प्रयोग उपयोगी हुन्छ र पातमा रहेको रसायनमा किटाणुसँग लड्ने र संक्रमण कम गर्ने गुण पनि रहेको हुन्छ । यसका लागि करी पत्तालाई पिसेर वा सुकाएर, धूलो बनाएर पनि प्रयोग गर्न सकिन्छ।

यसमा रहेको रेसादार पदार्थले कब्जियत कम गराउन मद्दत गर्छ । यसलाई पानीमा उमालेर खाँदा पनि पेटमा रहेको गडबडीलाई सन्चो गर्ने डा.उप्रेती बताउँछिन् । करी पत्ता पानीमा पकाएर खाँदा अलिकति कागती र बिरे नुन पनि हाल्न सकिन्छ । लुतो, डण्डीफोर आदि निको पार्न निम पत्ताको प्रयोग गरिए झै करी पत्ताको प्रयोग गर्न सकिन्छ ।

करी पत्ता हरियो मा पनि सहजै प्रयो गर्न मिल्ने र यसका पातहरुलाई सुकाएर कालान्तरसम्म प्रयोग गर्न मिल्ने भएकाले पनि यो निकै उपयोगी हुन्छ ।

करी पत्तामा पाइने भिटामिन ‘ए’ले आँखाको समस्या समाधानमा पनि महत्वपूर्ण सावित हुन्छ । नेपालको तराई क्षेत्रमा करी पत्ता पाइने भए पनि यसको प्रयोग बारे सबैलाई जानकारी नहुँदा यसको उचित प्रयोग हुन सकिरहेको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २१ बजे

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचनका लागि तालिका सार्वजनिक

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचनका लागि

गाजाको नासेर अस्पतालमा इजरायलको दोहोरो हवाई आक्रमण, चार पत्रकारसहित १५ जनाको मृत्यु

काठमाडौं– इजरायली आक्रमणका कारण प्यालेस्टाइनको गाजा क्षेत्रमा चार पत्रकारसहित १५