राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले घरमै पुगेर दिइन् जन्मदिनको शुभकामना « Khabarhub

राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले घरमै पुगेर दिइन् जन्मदिनको शुभकामना


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष अर्थात शताब्दी टेकेको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मदिनको शुभकामना प्रदान गरेकी छिन् ।

राष्ट्रकवि निवास लैनचौर पुगेर राष्ट्रपति भण्डारीले घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएकी हुन् ।

१९७६ असोज ७ गते लमजुङमा जन्मिएका घिमिरेले सोमबार उमेरले शताब्दी टेकेका हुन्।

१९९४ सालमा ‘नवमञ्जरी’ नामक कविताको संग्रह प्रकाशन गरेर नेपाली साहित्य जगतमा प्रवेश गरेका घिमिरेले गीतनाटक, शोककाव्य, निबन्ध, काव्य, समालोचना गरी दुई दर्जन बढी कृति प्रकाशित छन्। हाल उनी महाकाव्य लेखिरहेका छन्।

२००४ सालमा जीवनसंगिनी गौरीको निधन भएपछि घिमिरेले २००५ सालमा महाकालीसँग विवाह गरेका थिए। अहिले उनी ८४ वर्ष पुगेकी छन्।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ६ : ०० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले