राष्ट्रकवि घिमिरले भने: ‘साहित्यलाई फुलाउने–फलाउने जिम्मा अब तपाईंहरुको’ « Khabarhub

राष्ट्रकवि घिमिरले भने: ‘साहित्यलाई फुलाउने–फलाउने जिम्मा अब तपाईंहरुको’


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ कविता संग्रहको लोकार्पण गरिएको छ ।

राष्ट्रकवि माधव घिमिरकोे १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका हुन् ।

नेपाल–प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतिले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यको विकासमा पुर्‍याएको योगदानलाई चिरकालसम्म पनि स्मरण गर्नुपर्ने भन्दै उनका सिर्जनाबाट पाठ सिक्दै लेखन कार्यलाई अघि बढाउनुपर्ने बताए ।

“राष्ट्रकवि घिमिरे एक शताब्दी पूरा गरी दोस्रो शताब्दीमा प्रवेश गर्नुभएको छ” उनले भने, “राष्ट्रलाई योगदान गर्ने व्यक्ति लामो समयसम्म जीवित रहनु निकै खुशीको कुरा हो ।”

उनले घिमिरेको आशिर्वाद मात्र पाए पनि साहित्यकारहरुलाई लेखनमा ऊर्जा मिल्ने भएकाले राष्ट्रकविलाई अनुशरण गरी अघि बढ्न सुझावसमेत दिए ।

राष्ट्रकवि घिमिरेले पुस्तक प्रकाशन गरी आफ्नो जन्मदिनलाई विशेष बनाइदिएकामा नेपाली शिक्षा परिषद् र कविता सिर्जना गर्ने कविलाई धन्यवाद दिए ।

“अब नेपाली साहित्यलाई फुलाउने, फलाउने जिम्मा यहाँहरुको हो” उनले भने, “उमेर अवस्थाले गर्दा अब लेखन कार्यमा अघि बढ्न सक्दिन ।” उनले नेपाली साहित्यलाई समयसापेक्ष ढङ्गले परिस्कृत गर्दै लैजान लेखकलाई आग्रह गरे ।

परिषद्का कोषाध्यक्ष भीमबहादुर अधिकारी, सदस्य–सचिव रमा शर्मालगायतले मन्तव्य राख्दै घिमिरेलाई नेपाली साहित्यको धरोहरका रुपमा चित्रित गरेका थिए ।

कार्यक्रममा करीब ५० जना कविले घिमिरेको कृतित्व, व्यक्तित्व र जीवनीमा आधारित कविता वाचन गरेका थिए । पुस्तकमा समावेश भएका अधिकांश कविता वर्णमात्रिक छन्दका र केही लोकलयका लेखिएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ७ : ३२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले