सर्लाहीका ‘मिटरब्याजी’ श्यामकृष्ण साहको गरियो पोलिग्राफ परीक्षण « Khabarhub

सर्लाहीका ‘मिटरब्याजी’ श्यामकृष्ण साहको गरियो पोलिग्राफ परीक्षण


६ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्लाहीका ‘मिटरब्याजी’परदेशी भनिने श्यामकृष्ण साहको प्रहरीले पोलिग्राफ परीक्षण गरेको छ । सर्वसाधारणलाई ऋण दिएर पाँचौं गुणा चक्रवर्ती ब्याज उठाउने साहको सोमबार पोलिग्राफ परीक्षण गरिएको हो ।

सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार रौतहट चन्द्रनिगाहापुरस्थित २ नम्बर प्रदेश प्रहरी कार्यालयको पोलिग्राफमा लगेर साहको बयान परीक्षण गरिएको हो।

भट्टराईका अनुसार उनले दिएको बयान कतिको सत्य छ/छैन भनी पोलिग्राफबाट परीक्षण गरिएको हो । उनीविरूद्ध सर्लाही लालबन्दी नगरपालिका-४ की रुकमिणी चौधरीसहित ३८ जनाले ठगी मुद्दामा जाहेरी दिएका छन्।

प्रहरीले २५ दिनभित्र साहविरूद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा अभियोजन गर्दैछ। साह पक्राउ परेको सोमबार २२ दिन पुगेको छ।

बयानको सत्यता परीक्षण गर्न पोलिग्राफ परीक्षण गर्ने गरिएको छ। यसको रिपोर्ट भने आइनसकेको भट्टराईले बताए । पोलिग्राफ परीक्षणलाई मुद्दा अभियोजन सिलसिलामा भएका अन्यजस्तै सहयोगी प्रमाणको रूपमा लिइन्छ।

सर्लाही प्रहरीले उनको सम्पत्ति छानबिन तथा अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कार्यादेश दिएपछि प्रहरीले सम्पत्ति छानबिन गरिरहेको हो।

सर्लाही मलंगवा नगरपालिका-१० घर भएका साहलाई उनकै निवासबाट प्रहरीले भदौ १५ गते साँझ पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ९ : ३२ बजे

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।