विज्ञान प्रविधिको विकाससँगै चुनौती पनि थपियो : मन्त्री ढकाल « Khabarhub

विज्ञान प्रविधिको विकाससँगै चुनौती पनि थपियो : मन्त्री ढकाल


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विज्ञान, प्रविधिको क्षेत्रमा भएको विकासले नयाँ अवसरको सिर्जना गरेको भए पनि वातावरण विनाश, जलवायु परिवर्तन अनिश्चित विश्व अर्थतन्त्र र मानव अधिकारको उल्लङ्घनजस्ता समस्या देखा परेको बताएका छन् ।

अफ्रिकी मुलुक तान्जानियाको दारएस सलाममा आयोजित एशिया–अफ्रिका लिगल कन्सुलेटिभ अर्गनाइजेशन (एएएलसीओ)को ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, मानवअधिकारको उल्लङ्घनलगायतका समस्याको सामाना गर्न बहुपक्षीयतावादको कुनै विकल्प नभएको बताएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ ।

उनले एएएलसीओले एशियाली र अफ्रिकी सदस्य राष्ट्रको अन्तरसरकारी संस्थाको रुपम बहुपक्षीयतावादलाई सुदृढीकरण गर्न र विश्व शान्ति कायम गर्न अन्तर्राष्ट्रिय कानुनी व्यवस्था नवीकरण गर्नुपर्नेमा जोड दिए । उनले साझा चासोका विषयमा साझा बुझाइको विकास गरी व्यवहारमा कार्यान्वयन गर्न प्रभावकारी वकालत गर्नुपर्ने धारणा राखे ।

सोही अवसरमा मन्त्री ढकालले महासागर र सामुद्रिक स्रोत मानव जातिको साझा सम्पदा भएकाले महासागरबाट प्राप्त हुने लाभ पक्ष राष्ट्रबीच निष्पक्ष र समान रुपमा बाँडफाँड गरिनुपर्नेमा जोड दिए ।

नयाँ प्रविधिको आविष्कारसँगै साइबरसम्बन्धी अपराधमा पनि वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै साइबर स्पेसमा लागू हुने अन्तर्राष्ट्रिय कानूनका आधारभूत सिद्धान्त स्पष्ट गरिएकाले त्यसलाई आधारभूत रुपमा घरेलु नीतिमा समेत समावेश गर्ने विश्वास व्यक्त गरे ।

एएलसीओको ५८ औँ वार्षिक साधारणसभामा विभिन्न २४ राष्ट्रका कानून तथा न्यायामन्त्री, महान्यायाधिवक्ता तथा सदस्य राष्ट्रका उच्च अधिकारीको सहभागिता रहेको सो मन्त्रालयका सहायक प्रवक्ता कमलराज गौतमले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ४० बजे

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष

नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु

नाइजेरिया – नाइजेरियाली सेनाले यो हप्ता उत्तरपश्चिमी जाम्फारा राज्यमा गरेको

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र