राष्ट्रिय जनगणनाको तयारी– विदेशमा रहेका नेपालीलाई समेट्ने चुनौती | Khabarhub Khabarhub

राष्ट्रिय जनगणनाको तयारी– विदेशमा रहेका नेपालीलाई समेट्ने चुनौती


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई वर्षपछि १२ औं जनगणना हुँदैछ । सरकारले ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा साथ २०७८ सालमा जनगणना गर्ने तयारी गरिरहेको छ ।

उक्त जनगणनाको तयारी गर्ने विषयमा काम र छलफल भइरहेको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ । नेपालमा हरेक दश वर्षमा जनगणना गरिँदै आइएको छ ।

आगामी दुई वर्षमा गरिने राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपालीलाई समेट्न नसकिने विभागले बताउन थालेको छ । तत्काल विदेशमा रहेका नेपालीको गणना गर्ने सम्भव नुहने विभागको भनाइ छ ।

सरकारले देशभित्र गनगणना गर्न सहज भएपनि देश बाहिर रहेका नेपालीलाई समेट्न समस्या हुने देखिन्छ । हाल विदेशमा ७५ लाखभन्दा धेरै नेपाली रहेको सरकारी अनुमान छ । विश्वका १ सय ८९ देशमा नेपाली छरिएर रहेका छन् । ती देशमा रहेका नेपाली दुई वर्षपछि गरिने राष्ट्रिय जनगणनामा समेट्न सरकारलाई चुनौती र सम्भव नहुने विभागले बताउँदै आएको छ ।

रोजगारी, अध्ययन, व्यवसास र अन्य पेशामा कति नेपाली विदेशमा बसोबस गर्छन भने अहिले सम्म सरकारले एकिन तंथ्याक संकलन गर्ने सकेको छैन ।

दुई वर्षमा हुने राष्ट्रिय जनगणनाबाट विदेशमा बसोबास गर्ने नेपालीहरुको यथार्थ विवरण नआउने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

‘परिवार नै विदेशमा बसोबास गर्नेहरुको संख्या २०७८ को जनगणनाबाट यथात विवरण मुश्किल छ । स–परिवार नै विदेशमा बसाइँ सरेको तथ्यांक लिन सकिँदैन । यसलाई पनि मापदण्ड बनाएर काम गर्नुपर्ने हुन्छ ।

विदेशमा बसाइँ सरेका छमेकी वा उनीहरुका आफन्तलाई आधार मानेर तथ्यांक संकलन गर्न सक्ने अवस्था पनि देखिँदैन’ उनले भने, ‘विभागले कुटनीति नियोग र कन्सुलरको सहयोगमा सक्दो तंथ्याक संकलनका लागि प्रयास गर्नेछ । पहुँच नभएका देशमा रहेका नेपालीको विवरण आउन समस्या छ ।’ नेपालमा परिवार भएका र विदेशमा बसोबास गर्दै आएका नेपालीको मात्र गणना गर्न सकिने उनले बताए । सकेसम्म सबैलाई समेट्न गरि तयारी गर्ने उनको भनाइ छ ।

अध्ययन र रोजगारीका लागि गएका कामदारको तंथ्याक सरकारसँग छ । तर, कतिपय रोजगारी र अध्ययनका लागि गएका नेपाली उत्तै बसाइ सरेका छन् । यो क्रम पनि बढ्दो छ । जस कारण सरकारलाई विदेशमा रहेका नेपालीको जनगणना गर्ने ठूलो चुनौती भएको छ ।

एउटा देशमा अध्ययन र रोजगारीमा गएका नेपाली अन्य देशमा गएर बस्ने क्रम पनि बढ्दो छ । नेपाली कुन देशमा कसरी पुग्छन् भने विषयमा सरकारले नै बखेर छ ।

सरकारले आगामी राष्ट्रिय जनगणनामा विदेशमा रहेका नेपाली छुटाउनु भनेको दूभाग्यपुर्ण विषय भएको यसै क्षेत्रमा काम गदै आएका विज्ञ दिपेन्द्र थापा बताउँछन् । विदेशमा कति जनसंख्या छ भने विषयमा सरकारले यहि समयमा विवरण लिन प्रयास गर्नुपर्ने विज्ञ थापाले बताए ।

‘१० वर्षमा देशको जनसख्या कति छ भनेर गरिने राष्ट्रिय जनगणनामा आफना नागरिक समेट्न सक्दिन भन्न मिल्दैन । सरकारले विदेशमा रहेका कुटनीतिक नियोग र विभिन्न नेपाली संस्थासँग समन्वय गरेर भएपनि विदेशमा रहेका नेपालीको गणना गर्नुपर्छ ’ उनले भने, ‘परराष्ट्र मन्त्रालयमार्फत नेपालमा रहेका कुटनीतिक नियोग र कन्सुलरसँग समन्वय गरेर विदेशमा रहेका नेपालीको जनगणना गर्नेतिर सरकारले विषेश ध्यान दिनुपर्छ । सरकारका लागि र विदशमा रहेका नेपालीका लागि यो अवसर हो ।’

२०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ जना रहेको थियो । जसमा १९ लाख २५ हजार नेपाली विदेशमा बसोबास गर्ने गरिरहेको विभागको तंथ्याकमा छ ।

हाल यो बढेर ४ गुणा पुगेको हुनसक्ने अनुमान विभागको छ । २०७८ सालको जनगणनामा करिब ४० लाखभन्दा धेरै नेपाली समेट्न लक्ष्य रहेको विभागले जनाएको छ । विदेशमा रहेका ६० प्रतिशत नेपाली जनगणनाबाट छुट्ने विभागको अनुमान छ ।

नेपालबाट रोजगारीका लागि नेपाली १ सय ७२ देश पुग्ने गरेका छन् । ती देश रोजगारीमा गइ उत्तै बसेका नेपालीलाई जनगणना ल्याउन मुश्किल हुने देखिन्छ । नेपाली नियोग ३० वटा देशमा र ८० देशमा कन्सुलर रहेका छन् ।

२०७८ सालको जनगणनालाई लक्षित गदै आगामी माघ १ देखि चैत ३० गतेसम्म विभिन्न जिल्लामा नमुना जनगणना गर्ने तयारी भइरहेको विभागले जनाएको छ । नमुना जनगणनाका विभागले सातै प्रदेशका २–२ वटा गरी १४ जिल्लाका ५५ वटा वडा छनोट गरेर काम सुरु गर्ने जानकारी दिएको छ । भने विदेशमा रहेका नेपालीको गढाना गर्ने नमुना परीक्षणको कुनै तयारी नभएको विभागले जनाएको छ ।

नमुना जनगणनाका लागि सामाग्री, गणना क्षेत्रको नक्शाको शुद्धता, प्रश्नावली, जनशक्तिको पर्याप्तता, प्रविधिको प्रयोग समेत गर्ने विभागले जनाएको छ । कुनै परिवार बसाइ सरेपनि कम्तिमा उत्त स्थानमा ६ महिना बसोबास हनुपर्ने, धर्म निरपेक्ष र समलिंगी तेस्रोलिंगीलाई पनि २०७८ को जनगणना समेट्न तयारी भइरहेको विभागले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ०२ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका