तितेपातीका फाइदा र प्रयोग गर्ने तरिका « Khabarhub

तितेपातीका फाइदा र प्रयोग गर्ने तरिका


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धार्मिक कार्यमा समेत उपयोगी हुने तितेपातीमा धेरै औषधीय गुण हुन्छन् । तितेपाती खाने भन्दा पनि शरिरका बाहिरी अङ्गमा प्रयोग गर्न बढी लाभदायक मानिन्छ ।

जहाँ तहीँ पाइने तितेपातीमा औषधीय गुण हुन्छ भन्ने कुरा थाहा भए पनि यसको प्रयोगबारे सबैलाई थाहा हुँदैन । तितेपातीको प्रयोगबारे यहाँ प्रस्तुत गरिएको छ ।

तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तितेपातीको तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए ।

उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छर्किँदा कीरा भाग्ने गर्छन् । तितेपातीको प्रयोगले मलेरिया निको पार्न सकिन्छ ।

यस्ता छन् फाइदा

  • तितेपातीको प्रयोग लुतो घाउ खटिरामा यसको पात माडेर ताजा रस लगाउनाले लुतो निको हुन्छ ।
  • कपालको चाँया हटाउन तोरीको पिनासँग मिसाएर लगाए लाभदायक हुन्छ ।
  • सुगर रोगीले यसको जराको पाउडर बनाएर बेलुकी सुत्ने बेला चिया चम्चाले आदी चम्चा चिसो पानीमा सरासर ७ दिन सम्म खाएर बन्द्य गर्ने र चापेको महशुस भएपछि फेरि सुरु गर्ने गरेमा राम्रो हुन्छ तर यसलाई खाली पेटमा खानुु हुदैन ।
  • जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।
  • विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजा प्रेम्त कर्म आदिमा सकेत प्रयोग गरिन्छ ।
  • युरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

कसरी उपयोग गर्ने ?

  • बिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।
  • तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ । बाथ,पित्त र कफ (त्रिदोष) लाई बढ्न दिदैँन् ।
  • छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ । सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ ।
  • सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।
  • बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १० : ५२ बजे

बेलायती मन्त्री सीमा मल्होत्राले गरिन् पशुपतिनाथको दर्शन (तस्बिरहरू)

काठमाडौं– नेपालको भ्रमणमा रहेकी बेलायतीमन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गरेकी

पाकिस्तानको बलुचिस्तान रेल विस्फोटमा २४ जनाको मृत्यु

क्वेटा– पाकिस्तानको अशान्त दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौं– खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने २३ करोड ७७

सुकुम्वासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौं– सुकुम्वासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपद्का

महेश बस्नेतको तर्क : पार्टी नेतृत्वको रक्षा गर्ने बेला ओलीलाई हटाउन खोज्नु गैरजिम्मेवार र आपराधिक मानसिकता

काठमाडौं- शुक्रबारदेखि जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली इतिहासकै