पुन: अपलोड गरेको गीत फेरि किन हटाए दुर्गेश थापाले ? | Khabarhub Khabarhub

पुन: अपलोड गरेको गीत फेरि किन हटाए दुर्गेश थापाले ?


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले ‘गाँजा’ तथा ‘बियर’ जस्ता शब्द म्युट गर्दै अपलोड गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पुन: हटाएका छन् । गीतमा परिमार्जन गरेर पुनः अपलोड गरेको गीत ‘डन आयो डन’ लाई उनले हटाएका हुन् । यसअघि उनले प्रहरीको आग्रहमा ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत पनि हटाएका थिए ।

‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि विवादमा मुछिएको थियो । सो गीत विवादमा आएसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि मंगलबार प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी नियन्त्रणमै रहेका बेला उनले सो गीत हटाएका थिए ।

खबरहबसँगको कुराकानीमा गायक थापाले चौबीस घण्टाभित्र अपलोड गर्ने बताएका थिए । उनले हटाएको ‘ह्याप्पी तिहार’ को नयाँ गीतलाई ‘डन आयो डन’ का नाममा पुनः अपलोड गरेका थिए । पछि सो गीत पनि हटाएका छन् । गीत हटाएपछि दर्शक आश्चर्यमा परेका छन् ।

यता गायक थापाले भने गीतका केही शब्द अझै परिमार्जन गर्नुपर्ने देखिएपछि गीत हटाएको बताएका छन् । ‘गीतमा अझै पनि केही हटाउनुपर्ने शब्द रहेछन्, त्यही भएर हटाएको हुँ, म छिट्टै नै अपलोड गर्छु,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : २७ बजे

भगवती हाइड्रोले १४ प्रतिशत बोनस दिने 

काठमाडौं– भगवती हाइड्रोपावरले १४ प्रतिशत लाभांश (बोनस) दिने भएको छ

प्रि-ओपन सेसनमा नेप्से ५ अंकले बढ्यो 

काठमाडौं– आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.४६ अंकले

पश्चिम तराईमा अटवारी पर्व मनाइँदै

सुदूरपश्चिम– पश्चिम तराईमा बसोबास गर्ने डगौरा चौधरी समुदायमा आज ‘अटवारी’

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै

खोटाङ– सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ

महिलाको अगुवाइमा सामुदायिक भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–४ दग्नाममा महिलाको अगुवाइमा एक करोडभन्दा बढी खर्चेर