सेनाको भर्नामा किर्ते र आर्थिक लेनदेन गरेको आशंकामा चार सैनिकसहित २३ जनामाथि छानविन | Khabarhub Khabarhub

सेनाको भर्नामा किर्ते र आर्थिक लेनदेन गरेको आशंकामा चार सैनिकसहित २३ जनामाथि छानविन


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले विभिन्न सैन्य पदको भर्ना छनोट प्रकृयाका क्रममा विभिन्न भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको आशंकामा चार जना सैनिक र २३ जना गैरसैनिक व्यक्तिहरुमाथि अनुसन्धान गरी कारवाही प्रकृया अघि बढाएको छ ।

२०७६ साल साउन १९ गतेको विज्ञापन अनुसार नेपाली सेनाको ४० भर्ना केन्द्रमा पाँच हजार ८ सय सैन पदको भर्ना छनोटको प्रकृया भइरहेकोमा केही केन्द्रमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएकाहरुमाथि कारवाही अघि बढाएको हो ।

नेपाली सेनाको भर्ना केन्द्र, श्री उत्तर पश्‍चिम पृतना हेडक्वाटरमा मा संचालन भईरहेको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं ५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एकजना सैनिक व्यक्तिहरुलाई सैनिक निगरानीमा राखी अनुसन्धानको कार्य शुरु गरको सेनाले जनाएको छ ।

सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार ६ जना तथा नक्कली परीक्षार्थी ९ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको र संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भईरहेको सेनाले जनाएको छ ।

यसैगरी सैन्य भर्ना केन्द्र श्री नं २४ बाहिनी अड्डा, जुम्ला तथा श्री नं ५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका ४  जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको सेनाले जनाएको छ ।

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र स्वस्थ प्रतिस्पर्धात्मक बनाई नेपाली सेनामा योग्य व्यक्तिको सेवा गर्ने अवसर नगुमोस् भन्‍ने कुरामा महत्त्वका साथ जोड दिँदै आएको भन्दै सेनाले सोही बमोजिम गतवर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढि प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क राखी बायो मेट्रिक मेसिन को प्रयोग गरी उम्मेदवारहरुको भेरिफिकेसन र झुक्याउने कार्य नियन्त्रण गर्ने गरिएको जनाएको छ ।

यस प्रकारका व्यवस्थाले नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारवाहीले संगठन शुद्धिकरण अभियानमा समेत टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : ४५ बजे

तोलामा ३ हजार ८ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो

आहा ! फुङ्फुङ्गे झरना

फुङ्लिङ– जिल्लाको मिक्वाखोला गाउँपालिका क्षेत्रमा रहेको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै

चक्रपथ विस्तार : महाराजगञ्ज–चप्पल कारखाना सडक (फोटोफिचर)

काठमाडौं– चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगञ्ज–चप्पल कारखाना सडक विस्तार

पशुपतिनाथको नागमणि प्रदर्शन

काठमाडौं– पशुपतिनाथको मणि मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्री प्रदर्शनमा

सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए

सर्लाही– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि थप