विभिन्न मुद्दामा फरार पाँच पक्राउ « Khabarhub

विभिन्न मुद्दामा फरार पाँच पक्राउ


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ ।

चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७ निवासी २६ वर्षीय बालकृष्ण मुखिया र वडा नं ५ निवासी ६० वर्षीया लखिपतदेवी साहलाई प्रहरीले मंगलबार एकै दिन पक्राउ गरेको हो ।

पक्राउ परेका महरा र मुखिया कुटपिट मुद्दाको फरार अभियुक्त हुन् भने गडेरी चोरी तथा बालकृष्ण मुखिया र लखिपतदेवी साह लेनदेन मुद्दामा फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १२ : २४ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन