समाजवादीसँगको एकता बहसले राजपामा विवाद ! | Khabarhub Khabarhub

समाजवादीसँगको एकता बहसले राजपामा विवाद !


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पछिल्लो समय राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकताको चर्चा चलिरहेको छ ।

राजपा र समाजवादी दुबै पार्टीका औपचारिक फोरममा बहस नभइरहेको यो चर्चाले मिडियामा भने स्थान पाइरहेको छ । मिडियामा चर्चा पाउनुका पछाडि राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता राजेन्द्र महतो र समाजवादीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईको अभिव्यक्ति आधार बनेको छ ।

भट्टराईले राष्ट्रिय जनता पार्टीसँग एकताका लागि प्रगति भइरहेको बताउने गरेका छन् भने महतोले पनि समाजवादीसँग एकता हुने कुरा बताउँदै आएका छन् । समाजवादी पार्टीमा एकताका विषय प्रवेशन नै नभएपनि राजपामा भने यसविषयमा छलफल भएको छ । तर पार्टीको औपचारिक बहसमा भन्दा पनि नेताहरुको आक्रोसको रुपमा ।

केहिदिन अघि राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले डाकेको बैठकमा दुई अध्यक्ष मण्डलका सदस्य बीच भनाभन भयो । अध्यक्षमण्डलका नेता मध्येका राजेन्द्र महतोले समाजवादीसँग पार्टी एकता हुन्छ भन्दै हिँडेका विषयमा विवाद भएको हो ।

बैठकमा पार्टी अध्यक्ष ठाकुरले पार्टीको आन्तरिक संगरठन सुधारको विषयमा छलफल गर्न आग्रह गरेपनि अध्यक्षमण्डलको बैठकमा भने अर्कै विषयले स्थान पाएको थियो। बैठक सुरु हुनासाथ पार्टीमा कुनै छलफल नभएपनि पार्टी एकताको चर्चा चलेको भन्दै त्यसका विषयमा स्पस्ट पार्न नेताहरुले आग्रह गरेका थिए ।

त्यसलगत्तै महतोले आफूले एकता हुन्छ भनेको र एकताका विषयमा छलफल पनि भइरहेको बताएका थिए । महतोको जवाफबाट अन्तुष्ट बनेका अनिल झाले पार्टीमा छलफल नगरी आफू खुशी निर्णय गर्ने भन्दै आक्रोसित बनेका थिए।

‘पार्टी एकता कसरी हुन्छ, के आधार र सिद्धान्तको जगमा पार्टी एकता हुने हो, पार्टीमा छलफल गर्नु पर्दैन,’ झाले थप प्रश्न गरे, ‘ हामीलाई बेच्दै हिँड्ने?’ एक नेताले बैठकमा झाको भनाइ उदृत गर्दै भने ।

झाको कडा प्रश्नपछि महतोले आफूले थालेको काम पुरा गरेर छोड्ने जवाफ फर्काएका थिए ।

‘पार्टी एकता हुन्छ । हुन्छ भने पछि एकता हुन्छ,’ झालाई जवाफ फर्काउने क्रममा महतोको भनाइ उदृत गर्दै ति नेताले भनभे, ‘पार्टी एकता जसरी पनि हुन्छ। तर, कसरी हुन्छ थाहा छैन ।’

अध्यक्षमण्डलका दुई नेता झा र महतो झगडामा उत्रिदा सयोजक ठाकुरसहित अन्य अध्यक्षहरु सदसिंह भण्डारी, महेन्द्र यादव मौन बसेका थिए । अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले भने झालाई साथ दिएका थिए ।

त्यही विवादका कारण पार्टीको महाधिवेशन र समसामयिक राजनीतिका विषयमा छलफलका लागि डाकिएको बैठक विषय प्रवेश नै नगरी सकिएको थियो ।

राजपाको आन्तरिक बहस नभएपनि पार्टीका अन्य तहमा भने पार्टी एकताको विषयले चर्चा पाएको छ । नेताहरुले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई भेटेर अब बाबुरामको पार्टीमा सदस्य बन्नु हुन्छ भन्दै ठाकुरालाई व्यङग्य गर्ने गरेका छन् ।

बाबुरामको प्रयास बालुवामा पानी

राजपाको विवादले डाक्टर बाबुराम भट्टराईले थालेको दुईपार्टीको एकता प्रयास बालुवामा पानी भएको छ ।

भट्टराईले केही समयभित्रै पार्टीमा औपचारिक छलफल गराएर निर्णय गराउने र एकताका लागि औपचारिक प्रयास थाल्ने तयारी गरेपनि राजपामा भएको विवादले उनको प्रयासलाई औचित्यहिन बनाइदिने आशंका उव्जिएको छ ।

नेतृत्व व्यवस्थापनका लागि विभिन्न मोडलमा योजना बनाउँदै आएका बाबुरामले राजपामा राजेन्द्र महतोसँग कुरा गर्दै आएका थिए । तर महतोले पार्टीमा छलफल नै नगरेको भन्दै अध्यक्षमण्डलै विवाद भएपछि उनले त्यसलाई पार्टीमा छलफलको एजेण्डा बनाउने र निर्णय गराउने विषय नै अन्योलमा परेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  २ : ४५ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

देउखुरी– २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर घरदेखि

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १